होटलको नाममा जवर्जस्ती यौन धन्दा, युवती नै युवती फसाउने कार्यमा सक्रिय

18 July, 2019 00:48 | जन सरोकार | comments | 20400 Views

एक साताअघि एक युवतीले ललाइफकाई आमाछोरीलाई आर्थिक प्रलोभन दिएर बाराको पथलैयाका एक युवतीलाई जीतपुर सिमरा उपमहानगर–१, पथलैयास्थित होटल संगालो एण्ड गेष्ट हाउस पुर्याइन । उनी वेपत्ता भएपछि छरछिमेक, आफन्त र चिनजान सबैतिर पुग्दा पनि केही अत्तोपत्ता नलागेपछि परिवारले प्रहरी गुहारे ।

adsads

इलाका प्रहरी कार्यालय, सिमराले थालेको अनुसन्धानका क्रममा किशोरी अल्पाइन अस्पतालको बेडमा भेटिइन् तर, बोल्न सक्ने अवस्थामा थिइनन् ।चिकित्सकको सल्लाह बमोजिम उनलाई थप उपचारका लागि नारायणी अस्पताल लगियो । जब उनको होस खुल्यो, तब किशोरीमाथि जबरजस्तीकरणी भएको रहस्य खुल्यो । उनीमाथि जर्बजस्ती करणी भएको पाइएको छ ।

पीडितको आमाले किटानी जाहेरी दिएपछि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । पक्राउ पर्नेमा होटल सञ्चालिका आमाछोरी पूर्णिमा राय र सीनाराय कुर्मीसहित करणीमा संलग्न विशालकुमार गुप्ता छन् ।

पीडितको उजुरीका आधारमा अर्का एक व्यक्तिलाई बुधबार वीरगञ्जबाट पक्राउ गरिएको छ तर, उनको परिचय खुलाइएको छैन ।

अनुसन्धान अधिकृतकाअनुसार २२ असारको बिहान सिमराकी २१ वर्षीया सीनाराय कुर्मीले ललाइफकाई होटल संगालो एण्ड गेष्ट हाउसमा लगेकी थिइन् ।

जहाँ सोनीकी आमा ४० वर्षीया पूर्णिमा राय कुर्मी पनि थिइन् । आमा–छोरी मिलेर यो होटल सञ्चालन गरेका हुन् । पीडितको बयानअनुसार पूर्णिमाले उनलाई आर्थिक प्रलोभन देखाउनुका साथै नशालु पेय पदार्थ खुवाएका थिइन् । त्यसपछि ढोका थुनेर राखिएको उनको भनाइ छ । भोलिपल्ट साँझ केही युवालाई पठाएर आफूमाथि जबरजस्तीकरणी गरिएको किशोरीको भनाइ छ ।

त्यसवापत प्रतिव्यक्ति ३ हजार रुपैयाँ लिएको देखिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले पीडित किशोरीको पनि शंकास्पद भूमिका देखिएको भन्दै अनुसन्धान गरिरहेको छ । आर्थिक लाभसँगै कपडा र मोबाइल किनिदिने प्रलोभन देखाएपछि उनी होटलसम्म पुगेको देखिएको अनुसन्धान अधिकृत बताउँछन् ।

लठ्याउने कुरा खुवाएर पुरुषलाई खुशी पार्नुपर्ने बताएका थिए । पीडितको स्वास्थ्य परीक्षणबाट उनीसँग शारीरिक सम्बन्ध राखिएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!