होटल ल्याण्डमार्क सामूहिक बलात्कार प्रकरण- प्रेमीलाई पाँच वर्ष कैद

13 November, 2019 17:08 |जन सरोकार | comments | 7050 Views

    प्रहरी प्रशासनदेखि आम नागरिकलाई झस्काएको दरबारमार्गस्थित होटल ल्याण्डमार्क सामूहिक बलात्कार प्रकरणका मुख्य अभियुक्त युवतीका प्रेमी शैलेश कार्कीलाई ५ वर्ष दुई महिना कैद सजाय सुनाइएको छ । त्यसै गरी पीडित युवतीलाई ७ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने पनि फैसला गरेको छ ।

    adsads

    सर्वोच्च अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले गरेको फैसला अनुसार कार्कीकै सहयोगमा बलात्कार गरेका काभ्रेका दीपक श्रेष्ठ र सिन्धुपाल्चोकका विकास गौतमलाई १४ महिना कैद सजाय सुनाएको छ । उनीहरुलाई मुलकी ऐनअनुसार सजाय सुनाइएको अदालतका एक अधिकारीले बताएका छन् ।

    काठमाडौं प्रहरी परिसर, टेकुले गरेको अनुसन्धानपछि सरकारी वकिल कार्यालयले कार्कीसहित तीन जनाविरुद्ध २०७५ जेठ ४ मा मुद्दा दर्ता गराएको थियो । सुरुमा प्रहरीकै मिलोमतोमा घटना लुकाउने प्रयास भएको थियो । प्रेमी भनिएका कार्कीको परिवारबाट ३० लाख रुपैयाँको प्रलोभन समेत दिइएको थियो । तर प्रहरीकै मिलेमतोमा सो घटना लुकाइएको सार्वजनिक भएपछि यो घटनाले उग्र रुप लिएको थियो ।

    बलात्कार भएपछि यो प्रकरणलाई सामसुम बनाउन महानगरीय प्रहरी वृत्त, दरबारमार्गका तत्कालीन डीएसपी तिलक भारतीय र प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरीले भूमिका खेलेको सार्वजनिक भएपछि यो प्रकरण चर्चामा आएको थियो । उनीहरूमाथि छानविन गर्न तत्कालीन एसपी रामदत्त जोशीको नेतृत्वमा समिति बनेको थियो ।

    घटनामा प्रहरीले अनुसन्धान गर्दैजाँदा युवतीका ‘प्रेमी’ र ‘बलात्कारी’ भनिएकाहरु वीचमै ‘कनेक्सन’ देखिएपछि प्रहरीलाई घटनाको तथ्यसम्म पुग्न निकै ठूलो सकस परेको थियो । यसमा प्रहरीको ‘मिलापत्र प्रकरणले’ घटनालाई झनै जटिल मात्र बनाएन कि रक्षक नै ‘बलात्कारी’को संरक्षक बनेको त होइन भन्ने आशंकामा प्रहरीकै दुई छुट्टाछुट्टै निकायले अनुसन्धान गरेका थिए ।

    प्रहरीले लेनदेनमा दुई पक्षलाई मिलाएको र आफूले पनि आर्थिक लाभ लिएको आरोप लागेपछि अनुसन्धान सुरु भयो । प्रहरीमा मौखिक उजुरी आएपछि दुवै पक्षबीच छलफल भयो । कार्कीकी आमाले पीडित युवतीलाई बुहारी बनाउने भन्दै लिखित उजुरी नदिन आग्रह गरिन् । प्रहरीले समेत आर्थिक लाभ लिएर घटनालाई लुकाउन सहयोग गरेको थियो ।

     ल्याण्डमार्क सामूहिक बलात्कार काण्ड : दरबारमार्गका इन्सपेक्टर निलम्बित (घटना विवरणसहित)

    दरबारमार्ग सामूहिक बलात्कार काण्ड : लहरो तान्दा पहरो थर्किने

    दरबारमार्ग सामूहिक बलात्कार : युवतीका प्रेमी जेल चलान

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    राशिफल

    फेसबुक

    राशिफल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More