होली (फागु)को महत्व- मानवदेखि प्रकृतिसम्मको सम्बन्ध

20 March, 2019 11:52 | बिचार | comments | 13050 Views

विश्वका विभिन्न मुलुकमा आआफ्नै नामले मनाइन्छ यो पर्व

– यादब देवकोटा –

वैदिक सनातन धर्म संस्कृतिका अनुयायी हामी नेपालीहरुका हरेक चाड पर्वले मानव जाति मात्र नभएर सृष्टि संरचनाका यावत पक्षहरुलाई विशेष महत्व दिएको छ । मानव जीवनलाई सुखद, सहज र सरल अनि सद्भावपूर्ण बनाउन यस्ता चाड पर्वहरुको विशेष महत्व छ र यस्तै महत्वपूर्ण चाड हो होली ।

adsads

होली रंगहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रंगीन बनाउँछन् । बालबालिकादेखि वृद्धवृद्धासम्म सबै होलीको मजा गर्छन् । भनिन्छ होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक अर्कासित मिल्छन् ।

यो पर्व प्रकृतिमा वहाव आएसंगै मानिसको जीवनमा पनि वसन्त वहाव छाओस् भन्ने उद्देश्यले प्राकृतिक रुपमा तयार गरिएका रंगहरु आपसमा दलेर सद्भाव साटासाट गर्ने पर्व हो । तर आजभोलि फागु पर्वलाई जीवन्तता दिन हर्षोल्लासका साथ मनाइनुपर्नेमा विकृति अत्यधिक बढ्दै गएको छ । अबिर छर्केर खेल्ने यो पर्वमा प्लास्टिकमा पानी राखेर छ्याप्नाका साथै फोहर पानी तथा कुहिएका अन्डा, इनामेल, मोबिलजस्ता वस्तुले हान्ने गरिएको छ ।

होली नेपाल तथा भारतमा मात्र हैन विश्वका अन्य धर्म संस्कृति भएका मुलुकमा पनि आआफ्नै नामले मनाइन्छ । इटालीमा बोलियाकोनोन्सको नामले होली मनाइन्छ भने चीनमा च्वेजका नामले । यसै गरी अमेरिका, जापान, इजिप्ट, इन्डोनिसिया, थाइल्याण्ड आदि देशमा पनि आआफ्नै प्रकारले यो पर्व मनाइन्छ ।

होलीका अनेक धार्मिक महत्व र प्रसंगहरु जोडिएका छन् । सबैभन्दा प्रचलित कथन भने भगवान विष्णु र भक्त प्रल्हादको छ । दैत्वराज हिरण्यकश्यपुका पुत्र प्रल्हादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी आफैं आगोमा भष्म भएकी थिइन र त्यही दिनदेखि होलीका पर्व पर्दापण भएको मानिन्छ ।

होली खेल्ने दिनभन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रंग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । काठमाडौँ उपत्यकामा पूर्णिमाको दिन र तराईमा त्यसको भोलिपल्ट मनाइने यो पर्व निकै उत्साहका साथ मनाउने गरिन्छ । फागु पर्व रङहरूको पर्व भएका कारण यस समयमा रङको व्यापार निकै हुने गर्छ ।

होलीको सुरुवात फागुन शुक्ल अष्टमीको दिन काठमाडौंको वसन्तपुर दरबार अगाडि चीर गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त चीरलाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ ।

होलीलाई असत्यमाथि सत्यको जितको प्रतीकका रूपमा लिइन्छ । नेवारी परम्परा अनुसार पानीसँग नभएर अबिर र रंगसँग होली खेल्ने चलन छ । नेवारी संस्कृतिमा होलीका बारेमा युवायुवतीलाई जिस्क्याउँदै गाएका अनेक शिष्ट तथा रोचक गीतहरू प्रशस्त पाइन्छन् ।

होली उच्छृङ्खल हुने पर्व नभएर सदुभाव साट्ने, भाइचारा बढाउने पर्व हो । यो पर्वले मानिसलाई प्रकृतिसंग निकट पनि पुर्याउँछ । प्राकृतिक रंगहरु आपसमा लगाएर मनाइने होलीले दिने सन्देश भनेको आगामी दिन रंगीन हो भन्ने नै हो । रंगीन जीवनका लागि सबैसंग सदभाव, भाइचारा र प्रेम त हुनै पर्यो । होलीलाई यसैको प्रतीक मानेर मनाउने हो भने संस्कृति संरक्षणका अतिरिक्त समाजमा सद्भाव बढ्नेछ र यसले देश निर्माणमा ठूलो योगदान दिनेछ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

मुठीमा गुठी, विधेयक सच्चाउन सरकार लचिलो

फेसबुक

मुठीमा गुठी, विधेयक सच्चाउन सरकार लचिलो

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!