ह्वाइट हाउस अगाडि भारतीय अतिक्रमणबिरुद्ध प्रदर्शन गर्दै नेपाली

26 November, 2019 12:05 |प्रबास | comments | 9150 Views

    भारतले नेपाली भूमि अतिक्रमण गरेको विषयलाई लिएर विश्वभर छरिएर रहेका नेपालीहरु बिरोधमा उत्रेका छन् । यसै क्रममा संयुक्तराज्य अमेरिकामा रहेका नेपाली संघसंस्था र समुदायले राष्ट्रपति कार्यालय (व्हाइट हाउस) अगाडी भारतले गरेको भूमि अतिक्रमण बिरुद्ध व्यापक बिरोध जुलूस प्रदर्शन गर्ने भएका छन् ।

    adsads

    समाचार अनुसार नेपालीहरु अमेरिकी राष्ट्रपति भवन अगाडी रहेको लाफेएट पार्कमा जम्मा भै डिसेम्बर १४ शनिबारका दिन बिरोध प्रदर्शन गर्ने तयारी गरिरहेका छन् । भारत बिरुद्ध जुलूस प्रदर्शन गर्नको लागि व्यापक प्रचार प्रसार गर्ने अभियानमा नेपाली समुदायलाई जुटाउन आफ्ना गतिबिधिहरु सुरुवात गरिसकेका छन् ।

    उक्त दिन दिन बिहान १० बजे प्रदर्शन गर्ने समय निर्धारण गरिएको छ भने संयुक्त नेपाली मोर्चा जस्लाई ‘नेपालीको क्षेत्रीय अखण्डताको लागि नेपालीहरू’नामक नेपालीहरुको समूहले नेतृत्व गर्ने छ । जस्मा सबै नेपाली समुदाय सदस्य र अमेरिकाका सबै राज्यका नेपाली संघसंस्थाको प्रतिनिधि हुने र अटाउने गरि लिपुलेक र कालापानीको अतिक्रमण बिरुद्ध प्रदर्शन गर्ने छन् ।

    अमेरिकामा लामो समयदेखि बस्दै विभिन्न संघसंस्थामा बिभिन्न ओहदामा नेतृत्व लिई सकेका नेपालीहरुले गत नोभेम्बर २० र नोभेम्बर २३ मा आयोजना गरेको टेली कन्फेरेन्सको माध्यमद्वारा भारत बिरुद्ध ऐतिहासिक कार्यक्रम गर्ने योजना बनाएका हुन् । यसअघि नेपालमा संविधान जारी भएपछि भारतल लगाएको नाकाबन्दी बिरुद्ध अमेरिकामा बस्ने नेपालीहरुले सबै कुरा त्यागेर एकजुट भै इतिहास मै पहिलोपटक गोलबद्ध भै भारत बिरुद्ध बिरोध प्रदर्शनमा मानव सागर उर्लिएको थियो ।

    फेरि ४ बर्ष पछि अमेरिकामा बस्ने नेपाली बीच एकता कायम गर्दै भारतीय ज्यादतिबिरुद्ध प्रदर्शनमा उत्रने तयारी भएको हो । गत नोभेम्बर २३ का दिन बसेको बैठकमा एनएनएका पूर्व अध्यक्ष रोजर अधिकारी,प्रा डा अम्बिका अधिकारी, नासाका पूर्व अध्यक्ष बिमल नेपाल ,आन्माका अध्यक्ष बलराम पन्थी, नासाका अध्यक्ष बिनय अर्याल, एएनएका वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारी, आन्माका दिभाकर दाहाल, नासाका महा सचिव कृष्ण श्रेष्ठ, डिजे गोर्खाली तथा एएनएका महासचिव विजय भट्टराईको उपस्थिति रहेको थियो ।

    पहिलो बैठक र दोश्रो बैठकले उक्त दिनको तयारीको लागि चाहिने अत्यन्तै आवश्यक सामाग्रीहरुको सूची तयार गर्नुको साथै विभिन्न व्यक्तिहरुलाई जिम्मेबारी बिभाजन गरेको छ ।

    सो बैठकले बिरोध प्रदर्शनलाई विश्वव्यापी बनाउन प्रेसको जिम्मा रोजर अधिकारी तथा प्रा अम्बिका अधिकारीले लिएका छन् भने भने बिरोध प्रदर्शन गर्नु अगाडी अनुमति लिनुपर्ने हुनाले व्हाइट हाउस अगाडी रहेको लाफेएट पार्कको लागि खगेन्द्र अधिकारी ,कुलमणि आचार्य तथा सुरेश सापकोटालाई जिम्मेबारी सुम्पिएको छ । साथै त्यहा चाहिने ध्वनि प्रसारणको व्यवस्थापनमा डिजे गोर्खाली तथा सुरेश सापकोटाले जिम्मेबार लिएका छन । उक्त प्रदर्शनको लागि बिभिन्न नारा सहित प्रचार प्रसार सामग्री (प्लेकार्ड (बिज्ञापन पत्र), तुल ,झन्डाको लागी विजय भट्टराईले नै मूल टोली निर्माण गरि उनीहरुले नै यस्ता प्रचार प्रसार नारा लेख्ने जिम्मेबारी दिइएको छ ।

    यसै गरी आधिकारिक रुपमा पत्राचारको जिम्मेबार प्रा अम्बिका अधिकारी, डा अनुप पहाडी र रोजर अधिकारीले जिम्मेबारी लिएका छन् । यसका लागि कोषको आवश्यक पर्ने हुनाले छलफल गर्ने र सबैलाई सहयोगको लागि आब्हान गर्ने निर्णय गरेको छ । यसलाई व्यापक बनाउन सामाजिक संजालको भरपुर फाइदा लिनु पर्ने हुनाले व्यापक प्रचार प्रसार गर्ने निर्णय समेत गरेको छ ।

    बैठकले संचार माध्यमका सबै उपाय प्रयोग गरी सबै नेपाली समुदाय, संघसंस्थालाई अवगत गराउन कुनै कसर नछोड्ने निर्णय समेत गरेको छ । संचार माध्यममा संचारकर्मीहरु डिसीका विजय थापा, नर्थ क्यारोलाइनाका बिनय अर्याल, टेक्ससका विजय भट्टराई तथा कोलोराडोका शैलेश पोख्रेललाई हाललाई जिम्मवारी सुम्पिएको छ । मूलधारका संचार माध्यमलाई उक्त बिरोध प्रदर्शनमा ल्याउन निमन्त्रणा पत्र पठाउनुको साथै बिरोध प्रदर्शन पछि संचार अभियान चलाउने निर्णय समेत गरेको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More