११ औं आहा रारा गोल्डकपबाट १६ लाख २६ हजार बचत

9 May, 2013 13:06 | खेल | comments | 33750 Views

सहारा क्लब पोखराले गत माघ महिनामा आयोजना गरेको आहा–रारा गोल्डकपको आयव्यय बुधवार पोखरामा सार्वजनिक गरेको छ । प्रतियोगिताबाट १६ लाख २६ हजार चार सय आठ रुपैयाँ बचत भएको बताइएको छ । आयव्यय सार्वजनिक कार्यक्रममा अर्थ संकलन उपसमितिका संयोजक प्रकाश शेरचनले प्रतियोगिताबाट ६२ लाख ६८ हजार सात सय ५६ रुपैयाँ आम्दानी भएकोमा ४६ लाख ४२ हजार तीन सय ४८ रुपैयाँ खर्च भई उक्त रकम बचत भएको जानकारी दिए ।

 

हिमश्री फुड्सको रारा आहा चाउचाउको मुख्य प्रायोजनमा सञ्चालित प्रतियोगिताको सह–प्रायोजक रेडबुल रहेको थियो । यी संस्थाहरुले क्रमशः ९ लाख र ३ लाख सहयोग गरेका थिए । गेट टिकटबाट मात्रै २६ लाख ६२ हजार रुपैयाँ आम्दानी भएको जनाइएको छ । माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा सञ्चालित सो प्रतियोगिताको फाइनल खेलको दिन मात्रै १० लाख ८६ हजार दुई सय ५० रुपैयाँ सङकलन भएको शेरचनले जानकारी दिए ।

  

 

आयोजक सहारालाई पछार्दै थ्रीस्टारले प्रतियोगिताको उपाधी आफ्नों नाम गराएको थियो । खेलकुद विकासमा सहकार्य गरौ, पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गरौ भन्ने मूलनाराका साथ २०५५ सालमा स्थापित सहारा क्लब पोखराले हरेक वर्ष अन्तर्राष्ट्रिय आमन्त्रित नकआउट फुटबल प्रतियोगिता संचालन गर्दै आएको छ । सहारा क्लब पोखराले पोखराको दोबिल्लामा सहारा एकेडेमीको नयाँ भवन निर्माण गरी कठिन परिस्थिति तथा विपन्न वर्गका बालकहरुलाई सहारा दिदैछ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

पहिरो

फेसबुक

पहिरो

ट्वीटर

सामाजिक सञ्जाल

More