मुम्बई मुम्बई

  • मुम्बई
  • मुम्बई
  • मुम्बई
  • मुम्बई
  • मुम्बई
  • मुम्बई

१२ औं संस्करणको आइपिएलको उपाधि मुम्बईलाई : चेन्नई एक रनले पराजित(हाइलाइट्स)

13 May, 2019 10:30 | खेल | comments | 20850 Views

मुम्बई

१२ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपिएल) क्रिकेटको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । आइतबार राति भएको खेलमा महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्सलाई १ रनले हराउदै  मुम्बईले चौथों पटक उपाधि जितेको हो ।

adsads

२०औं ओभरको अन्तिम बलमा लासिथ मालिंगाले चेन्नईका शार्दुल ठाकुरलाई एलबीडब्लुको धरापमा पार्दै मुम्बईलाई रोमाञ्चक जित दिलाए । यसअघि राजीव गान्धी अन्तराष्ट्रिय स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १४९ रन बनायो । उसको लागि किरोन पोलार्डले २५ बलमा समान ३ चौका र ३ छक्का सहित ४१ रनमा अविजित रहे भने क्विन्टन डी ककले २९ रन बनाए ।

त्यस्तै इसन किसन २३ रन बनाई आउट भए भने हार्दिक पान्ड्याले १६रन जोड्दा कप्तान रोहित शर्मा र सूर्यकुमार यादवले समान १५-१५ रन जोडे । चेन्नईका लागि दीपक चाहरले ३ विकेट लिए भने तथा शार्दुल ठाकुर र इमरान ताहिरको भागमा समान २-२ विकेट रह्यो ।

१५० रनको मध्यम लक्ष्य लिएर मैदान उत्रेको चेन्नई निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १४८ रन मात्र बनाउन सक्यो । उसका लागि शेन वाट्सनले ५९ बलमा ८ चौका र ४ छक्का सहित ८० रनको पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै फाप डु प्लेसिसले २६ र ड्वेन ब्राभोले १५ रन बनाउनु बाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन । मुम्बईका लागि जस्प्रित बुमराहले २ विकेट लिए भने तथा क्रुनाल पान्ड्या, लासिथ मालिंगा र राहुल चाहरको भागमा समान १-१ विकेट रह्यो ।

खेलको म्यान अफ दी म्याच जस्प्रित बुमराह भए । उपाधि सहित मुम्बईले २५ करोड भारतीय रुपैयाँ हात पर्यो भने उपविजेता चेन्नईले १२ करोड ५० लाख भारतीय रुपैयाँमा चित्त बुझायो । त्यस्तै तेस्रो हुने टोलीदिल्ली क्यापिटल्सले १० करोड ५० लाख भारतीय रुपैयाँ पुरस्कार पाउँदा चौथो हुने टोली सनराइजर्स हैदराबादले आठ करोड ५० लाख भारतीय रुपैयाँ पुरस्कार हात पार्यो ।

मुम्बई क्वालिफायर पहिलोमा चेन्नईलाई हराउदै फाइनल प्रवेश गरेको थियो भने चेन्नई दोस्रो क्वालिफायरमा दिल्लीलाई हराउदै मुम्बईसंगको उपाधि भिडन्त पक्का गरेको थियो ।

हाइलाइट्स –

मुम्बई इण्डियन्स आइपिएलको फाइनलमा : चेन्नई छ विकेटले पराजित

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
मुम्बई

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!