१२ वर्षीया बालिकासंग यौन सम्बन्ध राख्न खोज्दा लामा पुगे प्रहरी खोरमा

20 October, 2019 17:33 | प्रबास | comments | 19950 Views

अमेरिकामा हालै यस्तो घटना घटेको छ जहाँ कुराकानीका क्रममा एक नेपाली युवाले होस गुमाउँदा प्रहरीको फन्दामा परेका छन् । समाचार हो फ्लोरिडा निवासी सञ्जय लामाको जसले एक १२ वर्षकी बालिकासंग यौनसम्पर्क गर्नका लागि भेट्न गएका बखत प्रहरीको फन्दामा परे ।

ads ads

फ्लोरिडाको ज्याक्सनभिलमा बस्दै आएका २९ वर्षका लामाले अनलाइनमार्फत १२ बर्षकी बालिकासँग यौन सम्बन्धका लागि भेट्ने प्रयास गरेका थिए । खासमा लामाले च्याटमा १२ बर्षकी बालिका ठानेर कुरा गरेका व्यक्ति अण्डरकभर एफबीआई एजेण्ट थिए ।

जब एजेण्टले च्याटमा आफू १२ बर्षकी बालिका भएको बताएका थिए, त्यसपछि पनि लामा उनलाई भेट्नका लागि तयार भएर गएका थिए । मोटरसाइकल चढेर बालिका भेट्न गएका लामा एफबीआईको फन्दामा परेका हुन् ।

बालबालिकाबिरुद्ध यौन दुब्र्यबहार हुन नदिन अमेरिकी सरकार २००६ देखि यसरी इन्टरनेटमा नक्कली बालबालिकाका एकाउण्ट बनाएर बालबालिकासँग यौन सम्बन्ध राख्न चाहनेहरुलाई कारवाही गर्दै आएको छ ।

गत सेप्टेम्बर २५ मा आफूलाई १२ बर्षकी बालिकाको भेषमा एफबीआईका एजेण्टले लामासँग अनलाइनमा कुराकानी गरेका थिए । लामाले अवेसम ज्याक लामाको एकाउण्टबाट कुराकानी गरेका थिए । त्यसदिनको कुराकानीमा लामाले बालिकाको भेषमा रहेका अण्डरकभर एजेण्टसँग आफू बालिकासँग यौन सम्बन्धका लागि इच्छुक रहेको बताएका थिए ।

लामाले आफूले कस्तोखालको यौन गतिविधि गर्न चाहेको भन्ने सन्दर्भमा समेत विस्तारमा च्याटमा बताएका थिए । त्यसपछि उनीहरुले भेटघाटका लागि स्थान तय गरेका थिए । तय गरेको स्थानमा मोटरसाइकलमा पुग्दा त्यहाँ रहेका एफबीआई एजेण्टले लामालाई नियन्त्रणमा लिएका थिए ।

लामा दोषी प्रमाणित भएमा कम्तीमा १० बर्षको जेल सजाय हुनसक्ने जनाइएको छ ।  लामाबिरुद्धको प्रारम्भिक सुनुवाई अक्टोबर १ मा गरिएको थियो ।

डिपार्टमेन्ट अफ जस्टिसले सार्वजनिक गरेको च्याटको विवरण 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More