१३ औं दक्षिण एसियाली खेलकुद : नेपालको स्वर्णपदक १४ पुग्यो
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा नेपालले तेक्वान्दोमा छवटा स्वर्णपदक जितेको छ । योसंगै नेपालले अहिलेसम्म १४ वटा स्वर्ण जितेको छ ।
नेपालले तेक्वान्दोको १७ देखि २३ वर्ष उमेर समूहको टिम पोम्सेमा नेपालका निशा दर्नाल, स्वस्तिमा तामाङ र सञ्जिला तिमल्सिनाले स्वर्ण जितेका हुन् । तेक्वान्दोमा सोमबार नेपालले जितेको हो छैठौं स्वर्ण हो ।
त्यस्तै नेपालका लागि कराँतेबाट पनि आधा दर्जन स्वर्ण जितेको छ । सातदोबाटोमा जारी कराँते विधाका खेलहरुमध्ये कुमुते पुरुषतर्फ लक्ष्मण तामाङ्ले बङ्गलादेशका मोहम्मद मुस्तफालाई १–० को अन्तरले पराजित गर्नुभयो । तामाङ्को जितसँगै नेपालले कराँतेमा चौथो स्वर्ण हात पारेको हो । नेपालले एकल काता पुरुष, टिम काता महिला र पुरुष दुबैमा स्वर्ण पदक जितेको हो । एकल महिला कातामा भने नेपालले रजत पदक जितेको थियो ।
कराँते पुरुष तर्फ एकल कातामा मण्डेकाजी श्रेष्ठले साग उद्घाटनको भोलीपल्ट बिहानै स्वर्ण पदक जिताएर नेपाललाई सागमा पहिलो स्वर्ण दिलाउनुभयो । त्यसअघि चञ्चला दनुवारले कराँते एकल कातामा रजत पदक दिलाएर सागमा नेपाललाई पहिलो पदक दिलाउनुभएको थियो । लगत्तै कमल श्रेष्ठले तेक्वान्दो पुम्सेमा स्वर्ण पदक जितेर नेपाललाई दोस्रो स्वर्ण दिलाउनुभयो ।
काठमाडौंमा एकपछि अर्को स्वर्ण पदक आउने क्रम जारी रहँदा पोखरामा सम्पन्न ट्रायथलोनमा सोनी गुरुगङ्ले स्वर्ण पदक जित्नुभयो । यो नेपालको तेस्रो स्वर्ण पदक थियो ।
कराँते टिम काता पुरुष विधामा नेपालले जित हात पार्दै स्वर्ण पदकको संख्या पाँच पुग्यो । कराँते टिम काता महिलामा स्वर्ण पदक जितेर नेपालले छैठौं स्वर्ण हात पार्यो । तेक्वान्दो पुम्से २३–२९ वर्ष उमेर समूहमा पार्वती गुरुङ, लक्ष्मण तामाङ तथा आयशा शाक्यले स्वर्ण पदक जिते ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनप्रतिनिधि र विकास सबैको साझा हुुन्छ : विद्या भट्टराई
- आज सागका पदक विजेतालाई नगर परिक्रमा गराइ अभिनन्दन गरिने
- यस्तो थियो कांग्रेसमा पौडल समूह रुष्ट हुने प्रस्ताव
- नेपाल टेलिकमको २५ जिल्लाका विभिन्न स्थानमा एफटिटिएच सेवा
- आजको राशिफल– २०७६ मंसिर २७ गते शुक्रबार
- न्यूज २४ टेलिभिजनका सुनसरी ब्यूरो प्रमुख काफ्लेमाथि कुटपिट
- अघिल्लो वर्षको तुलनामा यस वर्ष आर्थिक वृद्धिदर खुम्चिने
- ५० लाख रुपैयाँ फिरौती नदिएपछि बम विस्फोट गराउने चारजना पक्राउ
- एजेण्डामा सहमति नभएपछि पौडेलपक्षको बहिष्कारकाबीच कांग्रेस बैठक
- सभामुख चयनमा तीनधार : उपसभामुख शिवमायाप्रति राष्ट्रपतिको चासो
- आज सुरज मल्लको अन्त्येष्टि- उपस्थितिका लागि आव्हान
- राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९
- ‘नेपालको समृद्धिको यात्रामा सघाउन भारत सदैव तत्पर’
- ओशाका मेट्रो स्टेशनमा अनुहार पहिचानसहितको टिकट ढोका
- तीनहजार पाँचसय नौ मिटरको उचाईमा प्रेमगीत-३ को छायांकन (तस्वीरहरुसहित)
- साग सकियो- विदेशी खेलाडीको स्मृतिमा अझै छ पोखरा
- अशक्त ध्यानबहादुरको सहारा बनेको छ लोपोन्मुख पानी घट्ट
- कहिलेसम्म नेतृत्व खोजेर बसिरहने नेविसङ्घ ?
- पिपिएल- कसको भीडन्त कोसंग हुँदैछ ?
- आज उधौली, धान्य पूर्णिमा र योमरी पूर्णिमा धुमधामसंग मनाइँदै
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


