१३ औं साग : नेपालको स्वर्णपदक थपिने क्रम जारी

3 December, 2019 15:57 |खेल | comments | 3300 Views

    काठमाडौं र पोखरामा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालको स्वर्णपदक थपिने क्रम जारी छ । मंगलबार को एथलेटिक्समा नेपालले पहिलो स्वर्ण पदक जितेको छ ।

    adsads
    नेपालकी सन्तोषी श्रेष्ठले १० किलोमिटर दौडमा स्वर्ण जितेकी हुन् । पोखरामा आयोजित दुवाथोलनमा नेपालका हिमाल टमाटाले स्वर्णपदक जिते ।

    त्यस्तै उसुको थाउलोमा विजय सिञ्जाली र सुस्मिता तामाङले स्वर्ण पदक जितेका हुन् ।

    लगनखेलस्थित आर्मी क्लबको शारीरिक तथा प्रशिक्षण केन्द्रमा भएको प्रतिस्पर्धामा विजयले ९.४८ प्वाइन्ट बनाए । ९.३४ प्वाइन्ट जोडेका बंगलादेशका मोहम्मद ओमारले रजत जित्दा पाकिस्तानका मोहम्मद अब्दुलले काश्य जितेका छन् ।

    यस्तै सुस्मिताले ९.४४ अंकका साथ स्वर्ण जितेकी हुन् । श्रीलंकन खेलाडीले रजत र बंगलादेशका खेलाडीले काश्य जितेका छन् । सुस्मिताले अघिल्लो संस्करणमा स्वर्ण जित्न सकेके थिइनन् ।

    त्यसै गरी सागको महिला फुटबलमा नेपालले सुखद सुरुवात गरेको छ । मंगलबार आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकालाई १(० गोल अन्तरले हराएको हो । पोखरा रंगशालामा भएको खेलमा नेपालका लागि दोस्रो हाफको अन्त्यतिर सरु भण्डारीले निर्णायक गोल गरिन् । उनले अनिता केसीको पासमा गोल गरेकी हुन् ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More