१३ वर्षमा अपहरणमा परेकी मेगुमि ५५ वर्षकी भइन अझै पत्तो छैन

16 November, 2019 14:04 |जापान | comments | 9750 Views

    सन् १९७७ नोभेम्बर १५ का दिन १३ वर्षकी मेगुति योकोताको उत्तर कोरियाद्वारा अपहरण भयो । उनी अपहरण भएको ४२ वर्ष बितिसक्दा पनि उनको बारेमा केही खोजखबर छैन ।

    adsads

    यस्तो स्थितिमा अपहरित युवतीकी ८३ वर्षीया आमा साकिए योकोताले सरकारले उत्तर कोरियाद्वारा अपहरण गरेका सबै जापानीलाई सकुशल फिर्ता ल्याउन जापान सरकारसंग आग्रह गरेकी छिन् ।

    आफ्नी छोरीको अपहरण भएको ४२ वर्ष पूरा भएको दिन नोभेम्बर १५ मा जापानी संचारसंस्था एनएचकेसंग कुरा गर्दै आफू र आफ्नो परिवारले वर्षौंदेखि भोग्दैआएको कष्ट सुनाउँदै अपहरणमा परेकाहरुलाई फिर्ता ल्याएर परिवारसंग मिलाउन आग्रह गरेकी हुन् ।

    मेगुमिको अपहरण जापान सागरको किनारमा अवस्थित निगाता शहरको एक विद्यालयबाट घर फर्कने क्रममा भएको थियो । केही उत्तरकोरियालीले उनलाई बाटोबाटै अपहरण गरेका थिए । अपहरितकी आमा योकोताले आक्रोश व्यक्त गर्दै भनिन मलाई थाहा छैन जापान सरकार यतिका वर्षसम्म के गरिरहेको छ ?

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More