१५ करोड शेयर खरीदमा किर्ते गरेको अभियोग लागेका राज्यमन्त्री रावलबाट राजीनामा

10 November, 2019 18:29 |प्रदेश , प्रदेश ७ | comments | 10950 Views

    महेन्द्रनगरस्थित जनज्योती बहुमुखी क्याम्पसको १५ करोड ६७ लाख ५० हजार रुपैयाँ बराबरको सेयर किनबेचमा कीर्ते गरेको अभियोग लागेका सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले राजीनामा दिएको समाचार छ ।

    रावलसहित उनीसहित ३६ जनाविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर भएपछि फरार रहेका राजीनामा दिनुभएको छ ।

    adsads
    राज्यमन्त्री रावल कञ्चनपुर क्षेत्र नम्बर ३ प्रदेशसभा ‘क’ बाट नेकपाबाट जिनर्वाचित हुनुभएको हो ।

    राज्यमन्त्री रावलले आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएको हुन् । यद्यपि सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायणप्रसाद बिडारीले भने राजीनामा कार्यालयमा दर्ता भइनसकेको बताउनुभएको छ ।

    मदत्त नगरपालिका भाँसीस्थित जनज्योति एजुकेसन फाउन्डेसनको १५ करोड ६७ लाख ५० हजार सेयरबापतको रकम ठगी गरेको भन्दै मन्त्री रावलसहित ३६ जनाविरुद्ध जिल्ला अदालत (कञ्चनपुर)मा मुद्दा परेको हो । उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री रावल जनज्योति बहुमुखि क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष तथा सेयर सदस्यसमेत हुन् ।

    जनप्रतिनिधिहरूमा यसरी ठगी मुद्दा लाग्नेमा मन्त्री रावल सुदूरपश्चिम प्रदेशका ‘हाइ प्रोफाइल’ व्यक्तिमध्ये एक हुन् । मन्त्री रावलसहित क्याम्पसका ३६ जना सेयरधनीविरुद्ध जिल्ला अदालत (कञ्चनपुर)मा सेयर ठगी तथा कागज पत्र किर्ते गरेको अभियोगमा मुद्दा दर्ता गरिएको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More