१६ वर्षदेखि बेपत्ता चीनका शिक्षकको अवशेष विद्यालय परिसरमा भेटियो

23 June, 2019 16:16 |प्रबास , बिचित्र | comments | 29850 Views

    चीनका एक शिक्षकको शरीरको अवशेष उनले काम गर्ने विद्यालयको परिसरमा गाडिएको अवस्थामा भेटिएको छ । १६ वर्षअघि बेपत्ता भएका एक शिक्षकको भग्नावशेष उनले काम गर्ने विद्यालयकै परिसरमा गाडिएको अवस्थामा भेदिएको स्थानीय अधिकारीले बताएका छन् ।

    adsads

    देङ शिपिङ्ग नाम गरेका ती शिक्षकले खेलकुद सम्बन्धी नयाँ सुविधाहरु स्वीकृत गरेका थिएनन् । उनले ती सुविधाहरुको संरचना कमजोर रहेको बताएका थिए । विद्यालयको खेलकुद संरचना निर्माणमा संलग्न एक व्यक्तिले शिक्षकको हत्या गरेर गाडेको स्वीकार गरेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

    घटनामा संलग्न भएको आरोपमा अरु ६ जना पनि पक्राउ परेका छन् । शिक्षक देङ सन् २००३ को जनवरीमा बेपत्ता भएका थिए । विद्यालयको परिसरबाट बिहीबार शिक्षकको शरीरको भग्नावशेष निकालिएको हो ।
    एजेन्सी

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    राशिफल

    फेसबुक

    राशिफल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!