१७ औं एशियन कराँते च्याम्पियनसिपमा नेपाली टिम सहभागी

7 May, 2018 19:36 |जापान | comments | 82500 Views

    जापानको ओकिनावा सहरमा १० देखि १३ मे सम्म आयोजना हुने १७ औं एशियन जुनियर तथा यू–२१ कराँते च्याम्पियनसिपमा नेपाली कराते टिम सहभागी हुने भएको छ । प्रतियोगितामा ४५ देश सहभागि हुने छ ।

    adsads

    प्रतियोगितामा श्रीलंकाको राजधानी कोलम्बोमा ५ अगस्त २०१७ मा भएको चौथो साउथ एशियन (साफ) कराते च्याम्पियनशीपमा स्वर्ण पदक बिजेता खेलाडीहरु नविन रसाइली, राजिव पुढासैनी, एस्तर राई र विजय श्रेष्ठले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् ।

    स्मरणीय के छ भने नबिन लगातार ३ पटक र राजिव २ पटक साफ कराते स्वर्ण पदक बिजेता खेलाडी पनि हुन्।

    नेपाली टोलीको प्रशिक्षकका रुपमा एशियन कराते महासंघका कोच तथा बालाजु कराते डो प्रतिष्ठान,नेपालका प्रमुख प्रशिक्षक धुव्र विक्रम मल्ल र सल्यानका प्रशिक्षक चित्रबहादुर रानाले सहभागी जनाउनु हुनेछ ।

    अहिलेसम्म नेपालले यो प्रतियोगितामा एक पदक पनि जित्न सकेको छैन । पदक जित्न सके नेपाली करातेमा नयाँ इतिहास बन्ने छ ।

    त्यस्तै युथ ओलम्पिकको छनोटका लागि वरियता प्राप्त गर्ने खेलका रुपमा एसियामा हुने यो मात्र एक च्याम्पियनसिप समेत रहेकाले पनि यो नेपाल देशको लागि ठूलो अवसर रहेको छ ।

    नेपालबाट सहभागी छजना खेलाडीको लागि बस्ने र पहिलो रात वेलकम पार्टीसंगै अन्तिम दिन बिदाई कार्यक्रमको लागि एनआरएनए आईसिसि अध्यक्ष भवन भट्टको बिशेष आर्थिक सहयोगमा रहने र भरत बिक्रम मल्लको नेतृत्वमा एनआरएनए जापानको समन्वयमा ओकिनावा क्षेत्रीय कमिटिले तयारी गरेको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!