१७ वर्षपछि पक्राउ परे कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त

18 September, 2019 16:38 | जन सरोकार | comments | 14550 Views

१७ वर्षअघि कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त चितवन राप्ति नगरपालिका ७ बस्ने नुवाकोट ककनी गाउँपालिका ५ घर भएका ५८ वर्षीय भरत सुनारलाई घटनाको १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

२०५९ पुस २१ गते नुवाकोट साबिक ककनी गाबिस ७ सिम्ले हाल ककनी गाउँपालिका ५ बस्ने ७० वर्षीया पदम कुमारी गुरुङको सिम्लेस्थित मकैबारीमा शव फेला परेको थियो ।

ads ads

अनुसन्धानको शिलशिलामा घटनामा संलग्न रही फरार रहेका सुनारको खोजी गर्ने क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई चितवन राप्ती नगरपालिका ७ भवानी बजारबाट मंगलबार पक्राउ गरेको हो ।

पुस २० गते राति छिमेकीको छोराको छेवरमा गएकी ती महिलालाई छेवर सकिएपछी नाचगानको कार्यक्रममा विवाद हुँदा घर फर्कने क्रममा निज सुनारले ढुङ्गा प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको सो ब्यूरोले जनाएको छ । पक्राउ सुनारलाई थप आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाइएको छ ।

यसै गरी जिल्ला अदालत भक्तपुरको २०७४ फागुन २९ गतेको फैसलाले २ वर्ष कैद सजाय ठहर भइ फरार रहेका भक्तपुर नगरपालिका १० कमलबिनायक बस्ने २० वर्षीय किशोर दुवाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ दुवाललाई जिल्ला अदालत भक्तपुरमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि डिल्लीबजार कारागार काठमाडौं पठाइएको सो परिसरले जनाएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More