१८ बर्षपछि `जन्मभूमि`मा मोहन निरौला

8 March, 2014 22:37 | कला/मनोरन्जन , कलिउड | comments | 86550 Views

mohan१८ बर्ष अगाडी छबिराज ओझाको निर्माणमा मोहन निरौलाले निर्देशन गरेको फिल्म ‘जन्मभूमि’ नाममा पुन: फिल्म निर्माण गरिने भएको छ । पहिलो फिल्ममा राष्ट्रप्रेमको कथा उठाईेको थियो । यसपाली निर्देशक निरौलाले आफ्नै लेखनमा नारी बिद्रोहको कथा उठाएका छन् ।

काठमान्डौमा आज एक कार्यक्रमका बिच जन्मभुमीको शुभ मुर्हत गरिएको छ । आगामी चैत्र ५ देखी सुटिङ सुरु हुने सो फिल्ममा शान्तीप्रियको कास्टिङ डाइेरेक्सन रहेनेछ । सुरज गिरीले पहिलो पटक लगानी गर्नु भएको सो फिल्मका सह-निर्माता सुन्दर पाण्डे रहेका छन ।

कार्यक्रममा चेतन कार्की,प्रदिप उदय,मनोज के.सी,छबी राज ओझालगायतले शुभकामना ब्यक्त गरेका थिए ।

  

रमेश खड्का र बसन्त सापकोटाको संगीत रहने उक्त फिल्ममा स्व.पुण्य प्रसाद निरौला,चेतन कार्की र शान्तीप्रियको गीत रहनेछ । फिल्मलाई अबतार कंडेलले सहायक निर्देशन गर्दैछन । अस्ट महर्जनको दन्द ,उरु लामाको मेकअप रहने सो फिल्मलाई युबराज राइेले खिच्नेछन ।

फिल्म जन्मभुमीमा बिनोद श्रेष्ठ, निश्मा घिमिरे र निर्देशक स्वमको मुख्य भूमिका रहनेछन भने यसै फिल्मबाट रजतपटमा जेबिका कार्की पनि डेब्यु गर्दै छिन भने नायक गजित बिष्ट पुत्र सौगात बिष्ट पनि फिल्मीक्षेत्रमा देखा पर्ने भएका छन ।

कमलामाइ चलचित्र मन्दिर,सिन्धुलीका हल संचालक निर्माता गिरीको उक्त हल हाल बन्द अवस्थामा छ तथापी उनको फिल्मी सकृयताले भने निरन्तरता पाएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More