‘१८ मिनेटले बाँचे मेसीसहित सबै अर्जेन्टिनी खेलाडी’

9 December, 2016 17:48 | खेल | comments | 24300 Views

timthumb

ब्राजिली क्लब चापाकोइन्सेका खेलाडी चढेको विमान दुर्घटना भएको दुई हप्ता पनि पुगेको छैन । यसैबिच खेलाडी बोकेको विमानको विषयमा अर्को आश्चार्य चकित समाचार सार्वजनिक भएको छ ।

adsads

ब्राजिलको साओ पाउलोस्थित फोल्हा अखबारले सार्वजनिक गरेको समाचारअनुसार चापाकोइन्सेका खेलाडी लिएर कोलम्बिया उड्नुअघि बोलिभियाको एलएमआई–२९३३ नम्बरको विमानले एक साताअघि अर्जेन्टिनी खेलाडी बोकेर उडेको थियो ।

विश्व चर्चित स्ट्राइकर लिओनल मेसीसहित अर्जेन्टिनाको राष्ट्रिय टोलीको खेलाडी समावेश रहेको विमान १८ मिनेट मात्र आकाशमा अलमलिएको भए दुर्घटनामा सबैको ज्यान जाने बताइएको छ ।

फोल्हा अखबारले अर्जेन्टिनी फुटबल खेलाडी विश्वकप छनोटका लागि ब्राजिलमा खेल्न आउँदा ‘एयर ट्राफिक मोनिटर’को अध्ययन गरेको थियो । जसमा विमान कम्पनीले अत्याधिक जोखिम मोलेर अर्जेन्टिनी खेलाडीलाई ब्राजिलमा ल्याएको खुलासा भएको छ ।
अखबारका अनुसार विमानको तेल क्षमता ४ घण्टा २२ मिनेटको थियो । मेसीसहित अर्जेन्टिनी खेलाडीले अर्जेन्टिनाबाट ब्राजिलको यात्रा गर्दा यात्राको समय ४ घण्टा ४ मिनेटको थियो ।

फुटबल खेलाडीसहित ७१ यात्रुको निधन भएको घटना पनि विमानको लापरवाहीका कारण भएको प्रारम्भिक रिपोर्टले जनाइसकेको छ ।

अखबारका अनुसार बोलिभियाबाट उडेको चापाकोइन्सेका खेलाडीको कोलम्बियास्थित मेडलिन विमानस्थलभन्दा केही अगाडि दुर्घटनाग्रस्त हुनुको कारण टावरले रनवे खाली नभएका कारण केही समय आकाशमै बस्न दिएको निर्देशनलाई मानिएको छ । कम तेल क्षमताका कारण आकाशमै विमानलाई केही समय राख्नु पर्दा तेल रित्तिएको र विमान तल झरेको बताइएको छ ।

यो पनि हेर्नुहोस्-अर्जेन्टिनी खेलाडीको अभ्यास कुकुरसँग !

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!