नेपाली झण्डा नेपाली झण्डा

  • नेपाली झण्डा
  • नेपाली झण्डा
  • नेपाली झण्डा
  • नेपाली झण्डा
  • नेपाली झण्डा
  • नेपाली झण्डा

२०१९ ट्रेल विश्व च्याम्पियनसिप सम्पन्न : नेपाली झण्डा फहराइयो

10 June, 2019 11:10 | प्रबास | comments | 8100 Views

नेपाली झण्डा

भगवान गिरी, पोर्चुगल – सन् २०१९ ट्रेल विश्व च्याम्पियनसिप मा पुरुषतर्फ बेलायतका जोनाथान अल्बोन च्याम्पियन बनेका छन् । उनी तीन घण्टा ३५ मिनट ३४ सेकेण्डमा निर्धारित दूरी पार गरी विश्व च्याम्पियन बनेका हुन् ।

adsads

उक्त च्याम्पियनसिप मा फ्रान्सका जुलियन रान्कन तीन घण्टा ३७ मिनट ४७ सेकेण्डमा दूरी पार गरी दोस्रो भए भने तीन घण्टा ४० मिनट ३४ सेकेण्डमा दूरी पार गरेर स्विट्जरल्याण्डका क्रिष्टियान माथेस तेस्रो भए । यस्तै महिलातर्फ फ्रान्सकी ब्लान्डिन लिरोन्डेल प्रथम, न्युजिल्याण्डकी रुथ क्रोफ्ट द्वितीय तथा स्पेनकी सेइला अभिलेस तृतीय भइन् । उनीहरूले क्रमशः चार घण्टा ६ मिनट १७ सेकेन्ड, चार घण्टा १४ मिनट २८ सेकेन्ड तथा चार घण्टा १५ मिनट चार सेकेण्डमा निर्धारित दूरी पार गरेका थिए ।

नेपाली झण्डा विदेशी भूमिमा फहराउँदै उत्साहका साथमा उक्त च्याम्पियनसिप मा सहभागी नेपालका धावकहरूले पनि सन्तोषजनक खेल प्रदर्शन गरेका छन् । पुरुषतर्फ दुर्गाबहादुर बुढाले १७औँ स्थान तथा आइते तामाङले ६७औँ स्थान प्राप्त गरे । महिलातर्फ सुनमाया बुढा मगरले ४६औँ स्थान प्राप्त गरिन् ।

सहभागी खेलाडीहरूले शुक्रबार उद्घाटन सत्रमा नेपालको झण्डा फहराएका थिए । पोर्चुगलको कोइम्ब्रामा भएको उद्घाटनशत्रमा नेपाली समर्थकलेसमेत नेपाली झण्डा फहराएका थिए । खेलाडीको हौसला बढाउन लिस्वनबाट आएको एउटा समूह बजार परिक्रमामा सहभागी भएको थियो । उक्त समूहमा नेपाली समाज पोर्चुगलका अध्यक्ष सोम शेर्पा, मगर समाजका अध्यक्ष चोपकुमार राना मगर, व्यवसायी धनराज शेर्पालगायत सहभागी थिए ।

मीरा राईसहित तीन धावक हङकङमा, गोर्खा ट्रेलब्लेजरमा सहभागी हुने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नेपाली झण्डा

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित

फेसबुक

व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!