२०५९ सालमा माओवादीको आरोपमा हत्या गरिएका थारुको १८ वर्षपछि संस्कार

21 May, 2020 21:22 | जन सरोकार | comments | 20250 Views

द्वन्द्वका समयमा राज्य पक्षबाट हत्या गरिएका बर्दिया, राजापुर नगरपालिका– ५ श्रीपुरका ३० वर्षीय अनिलकुमार थारुको १८ वर्षपछि अन्तिम संस्कार भएको छ । पीडित परिवारले बुधबार थारु संस्कारअनुसार सदगत गरेका हुन् ।

अनिलकुमारलाई माओवादी कार्यकर्ता भएको भन्दै २०५९ पुस १४ गते राजापुर नगरपालिका –१० कालाबञ्जर गाउँबाट लखेट्दै आनन्दनगरमा पु¥याई कब्जामा लिएर गोली हानी शव सोही ठाउँमा गाडेको थियो । जिल्लामा सशस्त्र द्वन्द्वका समयमा बेपत्ता पारिएका केही व्यक्तिका परिवारले कानूनी समस्याका कारण पनि अन्तिम संस्कार गरेको द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष भागिराम चौधरीले बताउनुभयो ।

  

द्वन्द्वका समयमा हत्या भए पनि आफ्नै आँखाले शव नदेखेका कारण १८ वर्षसम्म अन्तिम संस्कार नगरिएको अनिलकी आमा लहियाले बताउनुभयो । हत्या भएको भन्ने अरुबाट सुनेको र शव नदेखेका कारण जिउँदै छ कि भन्ने आशाले अहिलेसम्म बसिरहे पनि अब आशा मरेकाले अन्तिम संस्कार गरिएको अनिलका बुवा विक्रमबहादुरले बताउनुभयो ।

अनिलकुमारलाई माओवादी कार्यकर्ता भएको भन्दै २०५९ पुस १४ गते राजापुर नगरपालिका –१० कालाबञ्जर गाउँबाट लखेट्दै आनन्दनगरमा पुर्‍याई कब्जामा लिएर गोली हानी शव सोही ठाउँमा गाडेको थियो । जिल्लामा सशस्त्र द्वन्द्वका समयमा बेपत्ता पारिएका केही व्यक्तिका परिवारले कानूनी समस्याका कारण पनि अन्तिम संस्कार गरेको द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष भागिराम चौधरीले बताउनुभयो ।

द्वन्द्वपीडितले सत्यतथ्य पत्ता लगाउन माग गर्दै सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजूरी दिए पनि आयोगले समयमा काम गर्न नसक्दा अलमल भएको उहाँको भनाइ छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More