२४ घण्टामा थपिए ३ सय ३८ जना संक्रमित, काठमाडौं उपत्यकामा ४३ जना

10 August, 2020 20:05 | जल/वातावरण/स्वास्थ्य | comments | 15300 Views

सोमबार थप ३ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये उपत्यकामा ४३ जनामा रहेका र त्यसमध्ये काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार २४ घण्टामा देशभरका प्रयोगशालामा परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यीसहित हालसम्म संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको छ । मन्त्रालयका अनुसार विगत २४ घण्टामा विभिन्न अस्पतालबाट १ सय ४० जना संक्रमित कोरोनाबाट मुक्त भएर घर फर्किएका छन् ।

  

यीसहित हालसम्म १६ हजार ४ सय ९३ जना कोरोनाबाट निको भएका छन् । विगत २४ घण्टामा ८ हजार ४ सय ३२ जनाको पिसिआर परीक्षण भएको छ । हालसम्म ४ लाख ५२ हजार बढीको पिसिआर परीक्षण भएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More