२४ घण्टामा वर्षमान पुनमाथि दोस्रो आक्रमण : प्रहरीले गर्‍यो जवाफी फायरिङ, तीन युवक पक्राउ

12 November, 2017 20:22 |राजनीति | comments | 228750 Views

    पूर्व अर्थमन्त्री वर्षमान पुनलाई लक्षित गरी रोल्पाको दुईखोली गाउँपालिका–६ वागमारामा गोली प्रहार भएको छ । ४ घण्टाभित्र पुनमाथिको यो दोस्रो आक्रमण हो ।

    adsads

    शनिबार पुन चढेको गाडीमा एम्बुस विष्फोट गराइएको थियो । त्यसको २४ घण्टा नपुग्दै नेकपा माओवादी केन्द्रका नेता एवम् वाम गठबन्धनको तर्फबाट रोल्पाका प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका पुनलाई लक्षित गोली प्रहार भएको छ ।

    समाचर अनुसार आयोजित चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा आइतबार बिहान ११ बजेर २५ मिनेट जाँदा पेस्तोलबाट गोली प्रहार भएको हो ।

    दुईखोला गाउँपालिका–३ केउरी खोलाको जंगलबाट अज्ञात व्यक्तिले पेस्तोलबाट गोली हानेको प्रहरीको भनाइ छ । पूर्वअर्थमन्त्री समेत रहनुभएका पुन चढेको वा १५ च ८६२८ नम्बरको गाडीलाई लक्षित गरी एक राउण्ड फायरिङ भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिनुभएको छ । त्यसपछि प्रहरीले जवाफी फायरिङ गरको थियो ।

    राङ्सीको चुनावी सभापछि बागमारा तर्फ जाँदै गर्दा भीरबाट ढुंगामुढा समेत पल्टाएर बाटो अवरोध गर्न खोजिएको थियो । पेस्तोलको आवाज आएपछि प्रहरीले जवाफी फायरिङ गरेको हो ।

    यसैबीच पुनको बाटो अबरोध गर्न भिरबाट ढुंगा खसाल्ने नेत्रविक्रम चन्द विप्लवका तीनजना जना कार्यकर्तालाई घटनास्थलबाटै प्रहरीले पक्राउ गरेको छ । आक्रमणकारीलाई प्रहरीले भीर आसपासबाट सर्च गरेर पक्राउ गरेको हो ।

    वर्षमान पुनको चुनावी टोलीमाथि दिनहुँ आक्रमणको प्रयास भइरहे पनि विप्लव समूहले अहिलेसम्म घटनाको जिम्मेवारी लिएको छैन ।

    तर, आफ्नै मित्रशक्तिमाथि सिलसिलेवार रुपमा सांघातिक हमला हुन थालेपछि यस्तो घटना विप्लव समूहले नै गराइरहेको छ या उनका नाममा वाम गठबन्धन विरोधी शक्तिले गरिरहेको छ भन्नेबारे गम्भीर प्रश्न उठेको माओवादी केन्द्रका एक जिल्ला नेताले बताए ।

    पूर्व अर्थमन्त्री पुन चढेको गाडी एम्बुसमा

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!