ईन्जाद्वारा अङ्किय भिडियो सार्वजनिक ईन्जाद्वारा अङ्किय भिडियो सार्वजनिक

  • ईन्जाद्वारा अङ्किय भिडियो सार्वजनिक
  • ईन्जाद्वारा अङ्किय भिडियो सार्वजनिक
  • ईन्जाद्वारा अङ्किय भिडियो सार्वजनिक
  • ईन्जाद्वारा अङ्किय भिडियो सार्वजनिक
  • ईन्जाद्वारा अङ्किय भिडियो सार्वजनिक
  • ईन्जाद्वारा अङ्किय भिडियो सार्वजनिक

२६ औं विश्व प्रेस स्वतन्त्रता दिवसमा ईन्जाद्वारा अङ्किय भिडियो सार्वजनिक

4 May, 2019 15:45 | प्रबास | comments | 12000 Views

युनेस्कोकोका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख जर्ज पापागिएनिस लगायत आवद्ध संचारकर्मी ,प्राध्यापक, बुद्धिजीवी तथा विद्यार्थीले दिए श्रब्य दृश्य शुभकामना

 ईन्जाद्वारा अङ्किय भिडियो सार्वजनिक

२६ औं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा) द्वारा शुभकामना सहितको अङ्किय भिडियो सार्वजनिक गरेको छ । भौतिक रुपमा सम्मेलन, गोष्ठी, भेलामा सहभागी भै मनाउने पद्धतिसंगै विश्वभर यत्र तत्र छरिएर रहेका आवद्ध संचारकर्मी, पत्रकार, प्राध्यापक ,बुद्धिजीवीहरु विद्यार्थी लगायतले पहिलो पटक डिजिटल ( अङ्किय ) पद्धति मार्फत शुभकामना दिएका छन् ।

adsads

युनेस्कोकोका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख जर्ज पापागिएनिसले यस्तो प्रकारको अङ्किय श्रव्य दृश्य पहिलो पटक हुन् गएको समेत बताएका छन् । संयुक्त राष्ट्र संघ युनेस्कोले तय गरेको “मिडिया फर डेमोक्रेसी : जर्नालिज्म एण्ड इलेक्सन इन टाईम्स अफ डिसइन्फर्मेसन’ भन्ने नारा समाज र संचारको दैनिक प्रयोगमा संचारकर्मीको सन्दर्भमा झनै सान्दर्भिक बनेको छ ।

यो विशेष भिडियोमा संसारका विभिन्न कुनामा रहनु भएका जम्मा ७८ जनाको भिजुयल(श्रव्य दृश्य ) शुभकामना सन्देश समेटिएको छ । यो श्रव्य दृश्यमा युनेस्कोकोका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख जर्ज पापागिएनिसले संयुक्त राष्ट्रसंघ मुख्यालयबाट, ईन्जा अध्यक्ष गुणराज लुइंटेल र वरिष्ठ उपाध्यक्ष सुनिलमणि दाहालले डिसी स्थित मुख्यालयबाट, अस्ट्रेलिया संयोजक मनरिषी धितालले अष्ट्रेलियाबाट, एशिया संयोजक टंक पन्तले काठमाडौंबाट, युरोप संयोजक अनुराधा पौडेलले फ्रान्सबाट, अमेरिका संयोजक भुपेन्द्र थापाले न्युयोर्कबाट र क्यानडा संयोजक डा. किस्मत भण्डारीले टोरण्टोबाट संयुक्त रुपमा सार्वजनिक गरेका छन् ।

सन्देश दिनेहरुमा पत्रकार तथा सांसद कोमल ओली, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, सूचना आयोगकी आयुक्त यसोदा तिम्सिना, ईन्जा संरक्षकद्वय योगेश उपाध्याय एवं रामचन्द्र खरेल, डा तारा निरौला(बिद्या वारिधि )डा. दुर्गा दाहाल,(बिद्या वारिधि)डा. गोपी उप्रेति(बिद्या वारिधि)डा. मन्जु मिश्र,(बिद्या वारिधि) प्रो. रामकृष्ण रेग्मी लगायत ईन्जाका कार्यकारी समितिका पदाधिकारी ,सल्लाहकारहरु, विभिन्न देशमा रहनु भएका पत्रकारहरु र ईन्जाका शुभचिन्तक तथा ईन्जाका मित्रहरु रहेका छन् ।

ईन्जाले पनि “कनेक्ट, एजुकेट एण्ड इन्स्पायर” भन्ने कार्यसूचीलाई अघि सारेर ब्यापक अन्तर्राष्ट्रिय संजालमा आवद्ध गर्दै मर्यादित पत्रकारिता, पेशागत हकहित एवं दक्षता विकासको गैरनाफामूलक अभियानको हिस्सेदार हुन समेत आह्वान गरेको छ ।

संसारका निरंकूश सरकारहरुलाई वाक र प्रेस स्वतन्त्रताको अपरिहार्यतालाई ब्यवहारमा लागू गर्न चुनौति दिंदै यसका लागि लडिने कुनै पनि लडाई र चालिने कुनै पनि अभियानमा ईन्जाको ऐक्यबद्धता रहने जानकारी जानकारी गराएको छ ।

ईन्जा अमेरिका, युरोप, अष्ट्रेलिया र एशिया महादेशमा विस्तारित भएको छ ।

यो बिशेष श्रव्य दृश्य हेर्न यहाँ थिच्नुहोस्-

न्युयोर्कमा राष्ट्रपति भण्डारीसमक्ष ईन्जाको पत्र

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
ईन्जाद्वारा अङ्किय भिडियो सार्वजनिक

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली

फेसबुक

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!