२ नं. प्रदेशसभा सचिवालय निर्माणमा सातकरोड अनियमितता, संसदीय छानबिन सुरु

30 December, 2018 22:31 | प्रदेश , प्रदेश २ | comments | 25350 Views

प्रदेश नं. २ को संसदीय समितिले प्रदेशसभा सचिवालय निर्माणका क्रममा भएको सात करोड हिनामिनाका विषयमा छानबिन सुरु गरेको छ । प्रदेश २ का उपसभामुख उपमा देवको संयोजकत्वमा छानबिन सुरु भएको हो ।

adsads

सचिवालय निर्माणका क्रममा भएका खर्चमा अनियमितता भएको गुनासो बढेपछि संसदीय समितिले छानबिन थालिएको हो । उपसभामुख उमा देवको संयोजकत्वमा गठित सात सदस्यीय संसदीय अनुगमन विशेष समितिले छानबिन सुरु गरेको हो ।

प्रदेशसभा सचिवालय निर्माणका लागि जनकपुरस्थित साविकको जिल्ला शिक्षा कार्यालय तथा शैक्षिक तालिम केन्द्रको भवनलाई जिर्णोद्धार गरी प्रयोगमा ल्याइएको थियो । समितिले सचिवालय निर्माणको क्रममा भएका खर्च तथा जिन्सी सामानहरु खरिदको क्रममा भएका आर्थिक गतिविधिको छानबिन थालेको छ ।

सदन संचालनका लागि तयार पारिएको बैठक कक्षमा कुर्सी, माइक र सभामुखको डेस्क निर्माण लगायत कामहरु गर्न यस अवधिमा संघीय सरकारबाट सचिवालय व्यवस्थापनको नाममा सात करोड उपलब्ध गराइएको थियो ।

सचिवालयबाट विभिन्न सामान खरिदका लागि सात करोड छुट्याइए पनि सचिवालय स्थापना भएको एक वर्षसम्म प्रदेशसभामा प्रयोग भएका माइकहरुको रकम नतिरी उधारै राखिएपछि छानबिन सुरु भएको हो ।

ती सामानको रकम तिर्न सचिवालयलाई सम्बन्धित कम्पनीले पत्राचार गरेपछि सदनमा आर्थिक पारदर्शिताको माग सांसदहरुले गरेका थिए ।

सचिवालय भवनलाई रंगरोगन गर्ने, नयाँ फर्निचर खरिद, झ्याल ढोका मर्मत लगायत विभिन्न कार्यहरु सहरी विकास तथा भवन निर्माण कार्यालय जनकपुर मार्फत भएको थियो ।

प्रदेश २ मा ‘बेटी पढाऔँ बेटी बचाऔँ’ योजना लोकप्रिय हुँदै

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

मुठीमा गुठी, विधेयक सच्चाउन सरकार लचिलो

फेसबुक

मुठीमा गुठी, विधेयक सच्चाउन सरकार लचिलो

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!