मतगणना मतगणना

  • मतगणना
  • मतगणना
  • मतगणना
  • मतगणना
  • मतगणना

३ सय १६ को मतगणना सम्पन्न : एमालेको अग्रता कायमै

6 July, 2017 13:01 | स्थानीय तह निर्वाचन | comments | 78600 Views

मतगणना

दोस्रो चरणअन्तर्गत भएको निर्वाचनमा हालसम्म ३१६ स्थानीय तहको मतपरिणाम घोषणा भएको छ । सो निर्वाचन यही असार १४ गते तीनवटा प्रदेशअन्तर्गत ३५ जिल्लाका ३३४ स्थानीय तहका लागि मतदान भएको थियो ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी)का अनुसार हालसम्म २८ जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य पूरा भएको छ । अहिले सात जिल्लाका १८ स्थानीय तहमा मतगणना जारी रहेको छ ।

  

झापाका ६ स्थानीय तह, मोरङका तीन, सुनसरी दुई, उदयपुर दुई, रुपन्देही दुई, कञ्चनपुर दुई र कैलालीको एक स्थानीय तहमा मतगणना कार्य जारी रहेको छ । पछिल्लो समय कुनै पनि स्थानीय तहको मतगणना कार्य स्थगित नरहेको केन्द्रले जनाएको छ ।

आज(बिहिबार) बिहान ८ः३० बजेसम्मको मतगणनाअनुसार नेकपा (एमाले) १४१, नेपाली काँग्रेस ११७, नेकपा (माओवादी केन्द्र) ३७, सङ्घीय समाजवादी फोरम सात, नेपाल लोकतान्त्रिक फोरम छ, राप्रपा चार, राष्ट्रिय जनमोर्चा दुई र स्वतन्त्र उम्मेदवार दुई स्थानमा स्थानीय तहको प्रमुख÷अध्यक्ष पदमा निर्वाचित भएको आयोगले जनाएको छ ।

दोस्रो चरणमा ३३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधि चयन हुनेछन् । यस निर्वाचनमा ४७ लाख ४० हजार ५२२ मत खसेको थियो ।

 तीन सय आठ तहको परिणाम सार्वजनिक, एमाले पहिलो, कांग्रेस दोस्रो

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
मतगणना

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More