४२ जना नेकपा एमालेमा प्रवेश

28 August, 2013 20:07 |क्षेत्रीय समाचार , पूर्वाञ्चल | comments | 46800 Views

    communist flag.झापाको मेचीनगरमा आज आयोजित एक कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी ४२ जना नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । पार्टीको मेचीनगर ७ नमबर वडाकमिटिले आयोजना गरेको युवा संघ नेपाल तथा अखिल नेपाल किसान महासंघको संयुक्त भेलामा ती नेता कार्यकर्ता पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको क्षेत्रिय अध्यक्ष अर्जुन पौडेलले बताउनुभयो ।

    adsads

     

    उहाँका अनुसार डुमलाल मेचेको नेतृत्वमा राष्ट्रीय  प्रजातन्त्र पार्टी नेपाल परित्याग गरी २७, मनुलाल राजबंशीको नेतृत्वमा एकिकृत नेकपा माओवादी परित्याग गरी ११ तथा सन्तोष मेचेको नेतृत्वमा नेपाली काँग्रेस परित्याग गरी चारजना नेता कार्यकर्ता प्रवेश गरेका हुन ।

     

    उनीहरुसबैलाई पार्टीका झापा जिल्ला अध्यक्ष रविन कोईराला, राष्ट्रिय प्रतिनिधी परिषद सदस्य बिष्णु प्रसाई , क्षेत्रिय ईन्चार्ज गोपालचन्द्र बुडाथोकी, जिल्ला कमिटि सदस्य एवं मेचीनगर ईन्चार्ज देवकुमार राई जिल्ला कमिटि सदस्य लालबहादुर थामी लगायतले अविर टिका लगाएर पार्टीमा प्रवेश गराउनु भएको थियो ।

     

    सोहि भेलाले ओमप्रसाद तिम्सीनाको अध्यक्षतामा २१ सदस्यी युवा संघ नेपाल मेचीनगर ७ नम्बर कमिटि तथा गोबिन्द लम्सालको अध्यक्षतामा ११ सदस्यी अखिल नेपाल किसान महासंघ मेचीनगर कमिटि निर्माण गरेको छ । संघको उपाध्यक्षमा रघुनाथ धिमाल, सचिबममा रमेश मेचे, उपसचिबमा सन्जय धामी र कोषाध्यक्षमा तोरण सुब्बा रहनु भएको छ ।

     

    यसैगरि महासंघको उपाध्यक्षमा खगेन्द्र गुरागाई, सचिबमा तारा तामाङ्ग, उपसचिबमा गुरुप्रसाद खनाल तथा कोषाध्यक्षमा मुना बस्नेत चयन हुनुभएको छ । ७ नम्बर वडा अध्यक्ष केदार गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी समेत रहनु भएका पार्टी जिल्ला कमिटि अध्यक्ष रविन कोईराला, राष्ट्रिय प्रतिनिधी परिषद सदस्य बिष्णु प्रसाई , क्षेत्रिय ईन्चार्ज गोपालचन्द्र बुडाथोकी, जिल्ला कमिटि सदस्य एवं मेचीनगर ईन्चार्ज देवकुमार राई जिल्ला कमिटि सदस्य लालबहादुर थामी नगर सदस्य ताकेन्द्र तामाङ्ग, पदम मेचे लगायतले बोल्नुभएको थियो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!