४८ लाख धरौटी बुझाएर छुटे बिपी स्वास्थ्य प्रतिष्ठानका उपकुलपति रौनियार

7 August, 2019 01:28 |जन सरोकार | comments | 15600 Views

    भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरिएका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारलाई ४८ लाख र उनका भतिजा डा. रामहरि रौनियारलाई चार लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा. रौनियारलाई घुससहित रंगेहात पक्राउ गरेको थियो ।

    adsads
    उपकुलपति रौनियारविरुद्ध ९ साउनमा आयोगले १ करोड २८ लाख रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार कसूरमा मुद्दा दायर गरेको थियो भने उनका भतिज रामहरिविरुद्ध ८ लाख रुपैयाँ बिगो दाबी गरिएको थियो ।

    विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले दुवैलाई धरौटीमा छाड्न आदेश दिएको हो । उनीहरुले धरौटी वापतको रकम अदालतमा बुझाइसकेका छन् ।

    आयोगका अनुसार श्याम सुन्दर निर्माण सेवा प्रा.लि.का सब कन्ट्याक्टर गिना एवं गिना कन्स्ट्क्सन कम्पनीका प्रबन्ध निर्देशनक सुशीलकुमार झासँग रौनियारद्वयले घुस लिएका थिए । घुस लिएको संवाद अख्तियारसम्म पुगेपछि आयोगले अनुसन्धान थालेको थियो ।

    डा. रौनियारद्वय बिरुद्ध एक करोड ३६ लाखको भ्रष्टाचार मुद्दा

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More