४९ स्वर्णसहित नेपाल दोस्रो स्थानमा

10 December, 2019 12:35 | खेल | comments | 12150 Views

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपालको ४९ स्वर्ण पदकसहित दास्रो स्थानमा कायमै रहेको छ । नेपालले हिजोको खेल सकिँदासम्म ५१ रजत तथा ८३ कास्यसहित कूल १८३ पदक जितेको छ ।

adsads

भारत पदक तालिकाको शीर्षस्थानमै रहेको छ । भारतले १४३ स्वर्ण, ८३ रजत र ४३ कास्यसहित कूल २६९ पदक जितेको छ । श्रीलङ्का ३६ स्वर्ण, ७६ रजत र १०७ कास्यसहित तेस्रो, पाकिस्तान ३० स्वर्ण, ३३ रजत र ४९ कास्यसहित चौथो, बङ्गलादेश १९ स्वर्ण, ३० रजत र ७५ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र तीन कास्य जित्दै छटौँ तथा भूटान पाँच रजत तथा १३ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ ।

नेपालले आज बक्सिङमा दुई तथा पौडी र जुडोमा एक–एक स्वर्ण पदक जितेको हो ।

 

साग पदक तालिका :

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More