५० हजार परिवारलाई २० वर्षसम्म पुग्ने ग्यास हावामा उडेर गैरहेछ (भिडियो सहित)

17 July, 2019 22:27 | जन सरोकार | comments | 24300 Views

भारतले नाकाबन्दी लगाएको थियो, जनता एक सिलिण्डर ग्यासका लागि चारैतिर भौतारिइरहेका थिए । त्यतिबेला प्रधानमन्त्री थिए केपी शर्मा ओली र उहाँको नाकाबन्दीको डटेर सामना गर्दै भन्नुभयो अब ग्यासका सिलिण्डर हैन घरघरमा ग्यासका पाइप पुर्याइन्छ, आफ्नै देशमा ग्यास उत्पादन गरिन्छ ।

adsads

नेपालमा ग्यास, पेट्रोल लगायतका पदार्थ प्रशस्त रहेको दशकौंअघिकै अध्ययनबाट पुष्टि भैसकेको थियो । पंचायत सरकारले ४० को दशकभित्रै पेट्रोलियममा आत्मनिर्भर हुने गरी कार्ययोजना अघि बढाएको थियो । तर २०४६ सालको परिवर्तनपछि त्यो सेलायो ।

तत्कालीन अवस्थामा ग्यासको पाइप घरघरमा पुर्याइने प्रधानमन्त्रीको घोषणासंगै केही काम अघि बढेको जस्तो देखियो तर अहिले स्थिति उतिबेलाकै जस्तो छ । उपत्यकाका विभिन्न स्थानमा जमिनमुनीबाट ग्यास उडेर खेर गैरहेको छ ।

झण्डै चार दशकअघि पानी बोरिंग गर्दा ग्यास निस्किएको लुभुको टाउन प्लानिंगमा अहिले पनि बाह्रैमास ग्यास निस्किरहेको छ र त्यो ग्यासमा वरपरका बासिन्दाहरुले बिहान बेलुका खाना पकाउने काम गरिरहेका छन् ।

नेपाललाई ग्यासमा आत्मनिर्भर बनाउन जापानी विशेषज्ञ टोलीले झण्डै तीन दशक अघि ललितपुरको लुभु, बालकुमारी, शंखमूल, भक्तपुरको बालकोट, काठमाडौंको कोटेश्वर, तीनकुने, टेकु, विष्णुमती किनारा, भृकुटीमण्डपलगायत उपत्यकाका विभिन्न १४ स्थानमा सतहमुनिको भौगोलिक अवस्थाको अध्ययन गरेको थियो । त्यसबाट उत्खनन गर्न सकिने निष्कर्षसहित सरकारलाई प्रतिवेदन पनि बुझाएको थिया । तर काम अघि बढेको छैन ।

नेपाल इन्धनमा आत्मनिर्भर हुनसक्छ भन्ने प्रमाणित भैसके पनि यसको उत्खनन हुन नसक्दा वार्षिक खर्बौं रुपैयाँको पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यास भारतबाट आयात भैरहेको छ । नेपालमा रहेको पेट्रोलियम खानी तथा उपत्यका लगायत देशका विभिन्न क्षेत्रमा भएको ग्यासहरुको समुचित उपयोगका लागि सरकारले ध्यान दिने हो भने मुलुकको ठूलो धनराशी विदेशिनबाट रोकिन्छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More