६ महिनाकी गर्भवतीलाई जिउदै जलाइयो, अबस्था निकै गम्भीर

21 September, 2014 15:44 | जन सरोकार , मध्य पश्चिमाञ्चल | comments | 60000 Views

नेपालगञ्जमा ६ महिनाकी गर्भवती एक महिलालाई आगो लगाएर विभत्स रुपमा जलाइएको छ । नेपालगञ्जस्थित बाँके गाउँमा बस्दै आएकी ३० वर्षीया साजाहाँ राई काबडियालाई आफ्नै पतिले जलाएको आशंका गरिएको छ | पति मोहमद समीर हाल प्रहरीको हिरासतमा रहेका छन् |

fired women

शरीर पूरै जलेकी गर्भवती साजाहाँलाई शुक्रबार राति उपचारका लागि भेरी अञ्चल अस्पतालमा भर्ना गरिएको भएतापनि हाल उनको अबस्था निकै नै नाजुक रहेको अस्पतालकी नर्स सुभद्रा रोकायाले बताइन् । ‘छट्पटाइरहेकी छन्, स्लाइन दिने ठाउँ समेत छैन, नसाहरु सबै जलेका छन्,’ रोकायले भनिन् । उनले थपिन, ‘अस्पतालमा यिनको कुरुवासमेत कोही छैनन् । यताउताबाट हामीले नै ओषधिउपचार गरिरहेका छौं’ ।

  

अस्पतालमा खटिएका प्रहरी जवान नरेन्द्र केसीले एकजना आफन्त हुँ भन्दै आएको तर खाना लिन आउँछु भनेर हिँडेपछि फर्केर नआएको बताए । ‘कोही आफन्त पनि आएका छैनन्, पानी र खाना दिने मान्छे समेत कोही छैन’ केसीले बताए ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More