कला/मनोरन्जन

आदित्य र नेहाको विहेको चर्चा टिआरपीका लागि मात्र ?

अहिले भारतमा विश्वचर्चित रियालिटी सो इण्डियन आइडल चलिरहेको छ र यही कार्यक्रमका संचालक र जज आदित्यनारायण झा र गायिका नेहा कक्कडबीच फेब्रुअरी १४ अर्थात् भलन्टाइन डेका दिन कार्यक्रममै बिहे गर्ने चर्चा चल्यो र आयोजकले निम्ता कार्ड समेत छापेको थियो । तर अहिले आएर यो विहेको चर्चा केवल दर्शक बटुल्नका लागि मात्र रहेको लगभग पुष्टि भएको छ ।

आदित्यका पिता उदितनारायण झाले विहे हुने भनिएको तीन दिन अघि मात्रै एक मनोरन्जन पोर्टलसँग कुरा गर्दै उदित नारायणले आदित्य आफ्नो एक्लो छोरा भएकाले उसको बिहेको प्रतिक्षा गरिरहेको तर आदित्यले यसबारे आफूहरुलाई केही नभनेको खुलासा गरेका छन् ।

उदितले अगाडि भने ‘मलाई लाग्छ नेहा र आदित्यको बिहेको हल्ला टिआरपीको लागि उडाइएको हो । यहाँ नेहा जज छिन् र मेरा छोरा एंकर छन् ।’ शोमा आदित्य नारायणले नेहा कक्कडसँग बिहेको लागि स्वीकृति दिएका थिए । आदित्यले नेहासँग १४ फेब्रुअरीमा शोमै बिहे गर्ने बताएका थिए । च्यानलले यी दुईको बिहेको कार्ड पनि छापेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.