जापान

उत्तर कोरियाद्वारा जापानको समुन्द्रतर्फ पुनः अज्ञात क्षेप्यास्त्र प्रक्षेपण

उत्तर कोरियाले आइतबार पनि जापानी सागरतर्फ अज्ञात क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली योनहाप समाचार एजेन्सीले जनाएको छ ।

योनहापले दक्षिण कोरियाली जोइन्ट चिफअफस्टाफ (जेसीएस)लाई उद्धृत गर्दै पूर्वीसागर (जापान सागर)तर्फ क्षेप्यास्त्र प्रक्षेपणको गरिएको उल्लेख गरेको छ ।

यस बारे थप विवरण भने दिइएको छैन । यसैबीच, जापानी तटरक्षकले आइतबार बिहान उत्तर कोरियाले सम्भावित मिसाइल प्रक्षेपण गर्न सक्ने चेतावनी दिँदै जहाजलाई सावधानी अपनाउन सल्लाह दिएको छ ।

यदि प्रक्षेपण आधिकारिकरूपमा पुष्टि भयो भने यो प्योङयाङद्वारा यो वर्ष गरिएको सातौँ परीक्षण हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.