कर्पोरेट/पर्यटन

एयरलायन्सहरु असोज १ गतेदेखि टिकट बुकिङ खुलाउँदै

सरकारले असोज ५ गतेदेखि आनतरिक उडान र लामो दुरीको यातायात सेवा संचालन गर्ने सरकारको घोषणासंगै वायुसेवा कम्पनीहरु असोज १ गतेदेखि टिकट बुकिङ खुला गर्ने तयारीमा रहेका छन् । टिकट खुला गर्ने तयारी भए पनि कम्पनीहरुका लागि गन्तव्य तय भैसकेको छैन ।

उनीहरु कुन कुन गन्तब्यमा उडान गर्न पाइने र कुनमा नपाइने भन्ने विस्तृत निर्देशनको तयारीमा छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीका अनुसार सरकारले अहिलेसम्म उडान खुला हुने गन्तब्यको सूची दिइसकेको छैन । र सूची सूची आएपछि त्यसका आधारमा वायुसेवा कम्पनीलाई परमिट दिइनेछ ।

क्षेत्रीका अनुसार पहिलो चरणमा सबै गन्तब्यमा शतप्रतिशत उडान भने खुल्ने छैनन् ।सम्भवतः एक तिहाई उडान मात्र पहिलो चरणमा खुल्ने छन् । त्यही अनुसार वायुसेवा कम्पनीले उडान अनुमति पाउने छन् ।

उता, कम्पनीहरु भने १ असोजबाट बुकिङ खुलाउने तयारीमा छन् । एक वायुसेवा सञ्चालकका अनुसार सरकारले त्यो दिनसम्म गन्तब्य नतोके सबै गन्तब्यका लागि टिकट बुकिङ खुल्नेछ ।

नेपालमा १० चैत, रातको १२ बजेयता सार्वजनिक यातायात र आन्तरिक हवाई यातायात बन्द छन् । सोही दिनबाट बन्द भएको अन्तर्राष्ट्रिय उडान भने १६ भदौबाट सिमित गन्तब्यका लागि खुला भइसकेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.