जल/वातावरण

कोरोना उपचार अस्पतालमा कोरोना परीक्षण अघि नै एक युवकको मृत्यु

रुपन्देहीको बुटवल धागो कारखानामा सञ्चालित बुटवल कोरोना अस्पतालमा उपचाररत पाल्पा स्थायी घर भएका ३३ वर्षका युवकको मृत्यु भएको छ । ती युवकमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छैन ।

चैत ६ गते संयुक्त अरब इमिरेट्स (युएई)बाट काठमाडौं आएका उनी चैत ७ गते बस चढेर रुपन्देहीको सैनामैना आएका थिए । ज्वरो आएपछि स्थानीय मेडिकल हलमा चेकजाँच गराएका उनलाई चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना गरिएको थियो ।

कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाका उनको स्वाब आइतबार मात्र परीक्षणका लागि काठमाडौं पठाएको थियो ।

नमुना परीक्षणका लागि काठमाडौं पठाए पनि रिपोर्ट नआएको बुटवल धागो कारखानामा लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.