विश्व समाचार

कोरोना संक्रमण दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौति- संक्रमित १० लाख-मृत्युदर झन बढ्दो

कारोनाका कारण दुई तिहाई विश्व लकडाउनमा छ, धनी हुन् वा गरीब सबै मुलुकको अवस्था एउटै छ दैनिक जनजीवन अस्तव्यस्त छ । कोरोना संक्रमण रोक्न जतिसुकै कडा कदम चालिए पनि दैनिकजसो मृत्यु र संक्रमितको संख्या बढ्दै गएको छ ।

बिहिबार रातिसम्म कोरोना संक्रमितको संख्या १० लाख नाघेको छ भने झण्डै ५३ हजारको मृत्यु भएको छ । युरोपेली मुलुकहरु स्पेन, इटाली, फ्रान्समा दैनिक ठूलो संख्यामा संक्रमितहरुको मृत्यु हुने क्रम रोकिएको छैन ।

कारोना संक्रमण घट्नुको साटो झन्झन् बढ्दै गएपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुर्टेरसले कोरोना भाइरसको महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती भएको बताउनु भएको छ ।

जोन हप्किन्स विश्वविद्यालयको पछिलो तथ्यांक अनुसार कोरोना भाइरस संक्रमितको संख्या विश्वभर १० लाख नाघेको छ । यस्तै ५२ हजार ९ सय ८३ जनाको मृत्यु भएको छ ।

अहिले अमेरिकामा सबैभन्दा धेरै २ लाख ४३ हजार ४ सय ५३ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी इटालीमा १ लाख १५ हजार २ सय ४२ र स्पेनमा १ लाख १२ हजार ६५ जना संक्रमित छन् । जर्मनीमा संक्रमितको संख्या ८४ हजार ७ सय ९४ छ ।

मृतकको संख्या भने इटलीमा धेरै छ । इटलीमा कोरोना भाइरसको संक्रमणबाट १३ हजार ९ सय १५ जनाको मृत्यु भएको छ । स्पेनमा १० हजार ३ सय ४८ र फ्रान्समा ५ हजार ३ सय ८७ जनाको मृत्यु भएको छ ।

बिहिबार मात्र स्पेनमा ८ सय ६४ मृत्यु भएको छ । कोविड–१९ को महामारीबाट एकै दिनमा स्पेनमा मृत्यु हुने व्यक्तिको सङ्ख्या यो सब भन्दा बढी भएको समाचारमा जनाइएको छ ।
यसै गरी इटालीमा एक दिनमा ७२७ मृत्यु भएको छ । इटालीमा केही दिनयताको तुलना कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिको सङ्ख्यामा केही कमी आएको छ । यसैबीच फ्रान्समा पनि एकै दिनमा ५०९ मृत्यु भएको छ । फ्रान्समा पनि कोरोना भाइरसको सङ्क्रमण शुरु भएयताको नै यो सब भन्दा बढी सङ्ख्या हो । युरोपमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ३२ हजार नाघिसकेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.