जापान

चार्टर विमानबाट जापान आएका र आउनेहरुले पूरा गर्नुपर्छ यस्ता शर्त

जापानमा अध्ययन, रोजगारी वा अन्य पेशमा संलग्न भै विदामा नेपाल आएका तर लकडाउनका कारण फर्कन नपाएकाहरु विमान चार्टर गरी जापान फर्कन पाउने भएपछि जापान सरकारले तय गरेको प्रावधान पूरा गर्न अनुरोध गरिएको छ ।

टोकियोस्थित नेपाली दूताबासले आइतबार एक विज्ञप्ति जारी गरी चार्टर विमानबाट जापान आएका र आउन चाहनेहरुले जापान आगमन पश्चात् महामारीको परिप्रेक्ष्यमा जापान सरकारले अपनाएका प्रावधानहरु अनुशरण गर्न अनुरोध गरेको हो ।

के के गर्नुपर्छ जापान जानुअघि र गएपछि

१ कोभिड -१९ को कुनै लक्षण नदेखिएको भएतापनि जापान आगमनपश्चात् त्यस्ता व्यक्तिहरू Chief of the Quarantine Station ले तोकेको स्थानमा १४ दिनसम्म अनिवार्य रूपमा Quarantine मा बस्नुपर्ने छ । सामान्यतः यस्तो Quarantine स्थान आफू बस्ने घर हुनेछ ।

२ जापान आगमनपश्चात् बस्नेस्थानको निश्चित छैन भने व्यक्ति स्वयंले आफ्नै खर्चमा होटल वा Japanese Style – Inn को व्यवस्था गर्नु पर्नेछ । त्यसैले आफ्नो बासस्थानका बारेमा सुनिश्चित गर्नुहोला ।

३ विमानस्थलमा आगमनपश्चात् Quarantine Officer ले तपाइँले प्रयोग गर्ने सवारी साधन र बस्नुहुने स्थानको अभिलेख राख्नेछन् ।विवरण उपलब्ध गराउन सहयोग गर्नुहोला ।

४ विमानस्थल देखि आफूबस्ने स्थानसम्म जान सार्वजनिक यातायात (बुलेट ट्रेन, मेट्रो, ट्रेन, सार्वजनिक बस,आन्तरिक उडान, ट्याक्सी आदि) प्रयोग गर्न पाइने छैन । त्यसैले आफैले प्राइभेट सवारीसाधनको व्यवस्थापन गर्नुहोला ।

५ विमानस्थल देखि बासस्थानसम्म जानका लागि यातायातका साधान र बासस्थानको व्यवस्थापनको जिम्मा स्वयं आफूले गर्नुपर्ने छ । सार्वजनिक यातायातको प्रयोग गर्न पाइने छैन ।

६ आफ्नो बासस्थानमा पुगेपछि पनि सम्बन्धित व्यक्तिले दैनिक रूपमा आफ्नो स्वास्थ्यस्थितिका बारेमा अनिवार्य रूपमा जानकारी गराउनु पर्नेछ ।

७ Quarantine अवधिभर (१४ दिनसम्म)कुनै किसिमको सार्वजनिक यातायात प्रयोग गर्न पाइने छैन र घरमा बस्दा पनि कोभिड- १९ बाट सुरक्षित रहने आचरण, बानीव्यहोरा एवं सावधानीका उपायहरू अनिवार्य रूपमा अवलम्बन गर्नुपर्ने छ ।

नेपालबाट चार्टर उडान भर्ने एयर लाइन्स तथा ट्राभल एजेन्सीहरुले पनि जापान सरकारले अपनाएका माथि उल्लेखित कुराहरु नेपालबाट यात्रा गर्ने सबै यात्रुहरुलाई अनिवार्य रुपमाअग्रिम जानकारी गराउनु हुन पनि अनुरोध गरिन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.