जापान

जापानमा कोरोना महामारीले रोजगारी गुमाएकाहरु अवैध काममा फस्ने डर

जापानमा कोरोना भाइरसका कारण रोजगारी गुमाएकाहरुलाई सोसल मिडियाका माध्यमबाट अवैध काम गर्ने प्रस्ताव आउन थालेको समाचार छ । संक्रमणका कारण जारी संकटकालका कारण धेरैको रोजगारी गैसकेको छ भने कतिपयको जाने क्रममा छ ।

एनएचकेको रिपोर्ट अनुसार श्रम मन्त्रालयका अनुसार यसरी काम गुमाउनेहरुले ट्वीटर लगायत अन्य सामाजिक सञ्जालबाट कामको खोजी गर्दा अवैध कामको प्रस्ताव आएको बताएका छन् । घरमै बसेर गर्ने यस्तो अवैध काममा ब्याकमेल, घोटाला तथा फोनबाट व्यक्तिलाई ठगी प्रस्ताव आउन थालेको हो ।

एक विशेषज्ञका अनुसार कामको खोजीमा रहेकाहरुले सामाजिक सञ्जालको सहायता लिंदा उनीहरु गैरकानुन धन्दामा फस्न सक्छन् । किनभने काम पाए पनि उनीहरुले घर बाहिर निस्कन नसक्ने हुँदा निगरानीको अभावमा अवैध धन्दाको प्रलोभनमा फस्न सक्छन् ।

संकटकालका कारण आफ्नो व्यवसाय बन्द गर्ने निर्णय लिएको एक २६ वर्षीय युवकले कामको खोजीका लगि टुवीट गरेलगत्तै करीब १० वटा सन्देश आएको र ती सबैमा अवैध काम गर्ने प्रस्ताव थियो, जुन फोन घोटालाका बारेमा थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.