जापान

टोकियोमा बेमौसमी हिमपात- कान्तो क्षेत्रमा २४ सेमीसम्म हिमपातको भविष्यवाणी

जापानको राजधानी टोकियो महानगर र यमनशी तथा नागानो क्षेत्रमा हिमपात भएको छ । हिउँका कारण जनजीवन प्रभावित बनेको छ भने तापक्रम १ डिग्रीमा झरेको छ ।

गर्मी सुरु हुने क्रम बढिरहेका बेला भएको हिमपातका कारण चिसो हावाले थुप्रै क्षेत्रलाई प्रभावित बनाएको छ । जापान मौसम विज्ञान एजेन्सीका अनुसार हिमपातका कारण कान्तो कोसिन क्षेत्र बढी प्रभावित बनेको छ ।

एजेन्सीले सोमबार विहान ६ बजेसम्म २द्ध घण्टाको अवधिमा कान्तोको पहाडी क्षेत्रमा २० सेन्टिमिटरसम्म हिमपात हुने र राजधानी टोकियोको अधिकांश क्षेत्रसहित तल्लो इलाकामा ५ सेन्टिमिटर हिमपात हुने भविष्यवाणी गरेको छ ।

स्मरणीय के छ भने शनिबार टोकियोको तापक्रम २४ डिग्री पुगेकोमा आइतबार विहानै हिमपात हुनु आश्चर्य मानिएको छ । आइतबार त्यहाँको तापक्रम ७ डिग्री रहने बताइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.