जल/वातावरण

धनगढीमा भेटिए अर्का कोरोना संक्रमित

सुदूरपश्चिमको धनगढीमा एकजना कोरोना संक्रमित भेटिएपछि नेपालमा संक्रमितको संख्या चार पुगेको छ । दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए ।

ती संक्रमितको अहिले प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभएको छ । प्रवक्ता देवकोटाले सं‌क्रमित अरु पनि हुनसक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गर्नुभएको छ ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा ती व्यक्तिमा सङ्क्रमण भएको पाइएको हो । उपत्यकाबाहिर देखिएको सङ्क्रमणको यो पहिलो घटना हो । हाल सामान्य अवस्थामा रहेका उनी ३४ वर्षका नेपाली पुरूष हुन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.