अर्थ

नेपालमा सुनको मूल्यको कीर्तिमान, तोलाको ९२ हजार बढी


कोरोना भाइरस महामारीका कारण विश्व अर्थतन्त्रमा परिरहेको नकारात्मक असरकाबीच नेपाली बजारमा सुनको मूल्यले आकाश छोएको छ । बिहीबार सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय पुगेको छ ।
सोमबार ९१ हजार ५ सयमा कारोबार भएको सुन एकैदिन ९ सयले बढेर नयाँ रेकर्ड कायम गरेको हो । त्यसै गरी चाँदीको मूल्य पनि बढेर ९ सय ८० प्रतितोला पुगेको छ । यो अघिल्लो दिनको तुलनामा २५ रुपैयाँले बढी हो ।
त्यसो त अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढिरहेको छ । बिहिबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८ सय १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । जसको असर नेपालमा पनि देखिएको सुनचाँदी व्यवसायी महासंले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.