राजनीति

न्यायाधीहरुले प्रधानमन्त्री भेटेको समाचारप्रति सर्वोच्चको खेद

शुक्रबार केही अनलाइन समाचार माध्यहरुले प्रधानमन्त्रीसँग सर्वोच्च अदालतका केही न्यायाधीशले भेट गरेको भन्ने भावको समाचार भ्रामक रहेको भन्दै सर्वोच्च अदालतले खेद व्यक्त गरेको छ ।

अदालतले एक विज्ञप्ति मार्फत न्यायपालिकाको स्वच्छता र अदालतप्रतिको जनास्थामा प्रतिकूल प्रभाव पर्ने गरी केही अनलाइन पोर्टलले भ्रामक समाचार सम्प्रेण गरेको भनी भन्दै खेद व्यक्त गरेको हो ।

अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जारी गरेको प्रेस विज्ञप्तिमा अदालतमा विचाराधीन मुद्दामा अनावश्यक आशङ्का र भ्रम सिर्जना गर्ने मनसाय राखेर सत्य, तथ्य र यथार्थ अवस्था बुझ्दै नबुझी समाचार सामग्री प्रकाशन गर्ने कार्यबाट न्यायपालिकाप्रतिको विश्वनीयता र नागरिकको यसप्रतिको आस्थामा खलल पुग्ने जाने तथा सम्पूर्ण प्रेसप्रतिको विश्सनीयतामा आँच आउन सक्ने औँल्याइएको छ ।

त्यस्ता सामग्रीबाट पत्रकार आचारसंहिता र कानून प्रतिकूल हुने हुँदा कानूनी दायरामा आउन सक्नेतर्फ सचेत हुन ध्यानाकर्षण गराउँदै अदालतले सम्प्रेषित समाचारको भ्रममा नपर्न सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.