प्रदेशमधेश

प्रदेश २ सभाका पाँच मर्यादापालकलाई कोरोना संक्रमण : प्रदेशसभा स्थगित

कारोना भाइरस संक्रमितको संख्या दिनदिनै बढिरहेको प्रदेश नं २ को बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयका पाँचजना मर्यादापालकमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएपछि बिहीबार दिउँसो आव्हान गरिएको प्रदेशसभाको बैठक स्थगित गरिएको छ ।

काठमाण्डौँको राष्ट्रिय प्रयोगशाला टेकुको रिपोर्टमा प्रदेश २ को प्रदेशसभा सचिवालयमा कार्यरत कर्मचारीहरूको सङ्कलन गरिएको स्वाबमध्ये पाँच जनामा कोरोना पोजिटिभ रिपोर्ट आएपछि बैठक स्थगित गरिएको हो ।

कोरोना पोजिटिभ देखिएका पाँच जना पुरुष २० वर्षदेखि ३० वर्ष उमेर समूहसम्मको रहेको प्रदेश २ को सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताउनुभयो । सङ्क्रमितहरू प्रदेशसभा सचिवालयमा कार्यरत मर्यादापालक रहेको प्रदेशसभा सचिवालयका निमित्त सचिव रञ्जित यादवले जानकारी दिनुभयो ।

उहाँले प्रदेशसभामा कार्यरत रहेकाहरूमा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि उनीहरूलाई आइसोलेसनमा उपचारका लागि पठाइएको र प्रदेशसभालाई स्यानिटाइज गर्ने काम भइरहेको बताउनुभयो । उहाँले बिहिबारको बैठक स्थगित भए पनि शुक्रबार भने दिउँसो १ बजेको लागि बैठक बोलाइएका जानकारी दिनुभयो ।

प्रदेशसभाको बिहीबारको बैठकमा प्रदेश नं २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आगामी वर्षको लागि प्रदेशसभा बैठकमा प्रस्तुत गर्नुभएको बजेटको प्रारुपमाथि छलफल हुने कार्यक्रम रहेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.