राजनीति

प्रधानमन्त्री ओलीसहित चारजनाविरुद्ध अख्तियारमा उजुरी

प्रधानमन्त्री ओलीसहित चारजनाविरुद्ध अख्तियारमा उजुरी दर्ता भएको छ । अख्तियारमा प्रधानमन्त्री ओली, निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा, तत्कालीन सञ्चार तथा सूचना प्रविधि सचिव महेन्द्रमान गुरुङ र सुरक्षण मुद्रण विभागका महानिर्देशक विकल पौडेलविरुद्ध उजुरी दर्ता भएको हो ।

पूर्वप्रशासक आनन्दराम पौडेल र भ्रष्टाचारविरोधी अभियान्ता प्रेमबहादुर शाही (प्रेम कैदी)ले आइतवार चारैजनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०६९ को दफा ३, ६, ८, २०, २१ र २२ को कसुर गरेको आरोप लगाउँदै उजुरी दर्ता गरिएको छ ।

क्युरिटी प्रिन्टिङ प्रेस खरीद, नेपाल टेलिकमको फोरजी विस्तार, भू–उपग्रह खरीद, कम्युटर ल्याब र अप्टिकल फाइबर विस्तारमा अनियमितता भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसहित ४ जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको हो ।

यसअघि आइतबार नै निवर्तमान सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाविरुद्ध अभियानकर्मी विजयबाबु शिवाकोटी र प्रितम सुवेदीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिनुभएको छ । बाँस्कोटा भ्रष्टाचारजन्य कसुरमा अनुसन्धान गरी कारवाही गर्न माग गर्दै उजुरी परेको हो ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बाँस्कोटाविरुद्ध उजुरी परेको पुष्टि गर्दै उजुरी परेपछि अख्तियारको छानविन गर्ने दायित्त्व भएको र बाँस्कोटाका हकमा पनि उजुरी परेकाले त्यसको छानविन प्रक्रिया अघि बढ्ने बताउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.