जापान

प्रधानमन्त्री सुगाको पहिले विदेश भ्रमण भियतनाम र इन्डोनेसिया हुने

जापानका नयाँ प्रधानमन्त्री योशिहिडे सुगाको पहिले विदेश भ्रमणका क्रममा भियतनाम जानु हुने भएको छ । उहाँको भ्रमण यही अक्टोबर १८ देखि २१ सम्म हुने मन्त्रीपरिषद्का मुख्य सचिव कत्सुनोबु कातोले शुक्रबार जानकारी दिनुभयो ।

पहिलो बैदेशिक भ्रमणका क्रममा प्रधानमन्त्री सुगा भियतनाम र इन्डोनेसिया जानुहुने उहाँले बताउनुभयो । निवर्तमान प्रधानमन्त्री सिन्जो आबेले पनि प्रधानमन्त्री भएपछिको आफ्नो पहिलो बैदेशिक भ्रमण यिनै दुई देशमा गर्नुभएको थियो ।

जापानमा गत महिना संसदबाट सुगा प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो । अस्वस्थताको कारण देखाउँदै तत्कालीन प्रधानमन्त्री आबेले राजीनामा दिएपछि उहाँले अहिले नै प्रधानमन्त्री बन्ने मौका पाउनु भएको हो ।

जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बन्नु भएका आबेले झण्डै एक बर्ष कार्यकाल बाँकी रहेकै बेला अनपेक्षित रुपमा गत अगस्ट २८ तारिखका दिन राजीनामा दिनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.