जल/वातावरण

बुधबार दिउँसोसम्म थप एक सय १४ जनामा संक्रमण पुष्टि : संख्या पुग्यो आठ सय ८६

नेपालमा कोरोना भाइरस संक्रमण तीब्ररुपमा बढ्दै गएको छ । बुधबार दिउँसोसम्म १ सय १४ जना संक्रमित थपिएका छन् र संक्रमितहरूमध्ये अधिकांश भारतबाट आएकाहरू छन् । यो अहिलेसम्म एकैपट फेला परेको सबैभन्दा ठूलो संख्या हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार बुधबार रौतहट, बाग्लुङ, मकवानपुर, झापा, बारा, सप्तरी, दाङ, सुर्खेत, बाँके, सिरहा र रूकुमपूर्वका थप ११४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

सरकारले पिसिआर प्रविधिबाट परीक्षण बढाएकाले पनि धेरै संक्रमित भेटिएका हुन् । बुधबारसम्म ५८ हजार २७७ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालय प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभयो ।

बुधबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ । तीमध्ये १८३ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.