जल/वातावरण

रक्तसंचारले दियो 'ओ पेजेटिभ'को साटो 'बी पोजेटिभ' रगत- चिकित्सकले हेर्दै नहेरी चढाएपछि बिरामीको मृत्यु

कुनै एक समूहको रगत भएकालाई अर्को समूहको रगत चढाउनु भनेको बिरामीको ज्यान लिनु हो । रगत चढाउँदै निकै सावधानी अपनाउनुपर्नेमा जनकपुर चिकिसकले लेखेर दिएकोभन्दा फरक समूहको रगत रक्त संचार केन्द्रले दिएपछि सोही रगत चढाउँदा एक सुत्केरीको मृत्यु भएको छ ।

समाचार अनुसार जनकपुरधाम उपमहानगरपालिका ६ स्थित रामजानकी अस्पतालमा प्रसुति गराउन आएकी महिलाको शल्यक्रियामार्फत बिहीबार राति ९ बजे छोरी जन्माएपछि उनलाई रगत अभाव भएका थियो ।

रगतको स्याम्पल दिएर अस्पतालका चिकित्सकले रगत ल्याउन रेडक्रसको रक्तसंचार केन्द्रमा पठाएका थिए ।  तर, रक्तसंचार केन्द्रले ओ पोजेटिभको सट्टा बी पोजेटिभ रगत दिएर पठाएको र चिकित्सकले चेक नगरी सोही रगत चढाउँदा महोत्तरी गौशाला नगरपालिकाकी २२ वर्षकी गंगादेवी महतोको शुक्रबार विहान मृत्यु भएको हो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले घटनाबारे बुझेलगत्तै दुई जना चिकित्सकलाई पक्राउ गरी दुबैलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको जानकारी दिंदै यसबारे गम्भीर छानबिन हुने र दोषी देखिनेलाई कारवाही हुने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.