क्रिकेटखेल

विश्वकप क्रिकेटमा भारतको लगातार तेस्रो जित, पाकिस्तान सात विकेटले पराजित  

भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले लगातार तेस्रो जित हासिल गरेको छ । शनिबार भएको खेलमा पाकिस्तानमाथि सात विकेटको जित निकाल्दै प्रतियोगितामा घरेलु टोलीले लगातार तेस्रो जित निकालेको हो ।

भारतको नरेन्द्र मोदी स्टेडियम अमहदाबादमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४२ दसमलव ५ ओभरमा अलआउट हुँदै एक सय ९१ रनमा समेटिएको थियो । पाकिस्तानका लागि कप्तान बाबर अजामले ५० रनको अर्धशतकीय पारी खेले भने मोहम्मद रिजवानले ४९ रन बनाए । त्यस्ते इमाम उलहक ३६ रन बनाई आउट भए भने अब्दुल्लाह साफिक २० रन बनाउँनु बाहेक अन्यको प्रदर्शन उल्लेखनीय रहेन ।

भारतका लागि जसप्रित बुमराह, मोहम्मद सिराज, हार्दीक पाण्ड्या, कुलदीप यादव र रविन्द्र जडेजाले समान २-२ विकेट लिएका थिए । पकिस्तानले दिएको एक सय ९२ रनको लक्ष्य भारतले १ सय १७ बल बाँकी हुँदै ३ विकेट गुमाएर पुरा गरेको थियो । भारतको लागि कप्तान रोहित शर्मा र श्रेयस अय्यरले अर्धशतकीय पारी खेले । रोहितले ८६ रन बनाए भने श्रेयस ५३ रनमा अविजित रहे । यस्तै शुभमन गिल र विराट कोहलीले समान १६-१६ रन बनाए भने केएल राहुल १९ रनमा अविजित रहे ।

पाकिस्तानका लागि साहिन साह अफ्रिदीले २ विकेट लिए भने हसन अलीको भागमा १ विकेट रह्यो । जितसंगै भारत ३ खेलमा ३ जित निकाल्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पाकिस्तानमाथि विश्वकपमा भारतको यो ८ औं जित हो ।

भारतले पहिलो खेलमा अस्ट्रेलियालाई ६ विकेटले पराजित गर्दा दोस्रो खेलमा अफगानिस्तानलाई ८ विकेटले हराएको थियो भने पाकिस्तानले आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई ८१ रनले पराजित गर्दा दोस्रो खेलमा श्रीलंकालाई ६ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.