विश्व समाचार

२४ घन्टामा एक लाख २६ हजार संक्रमित भारत कोरोनाको नयाँ हटस्पट

गत वर्षदेखि विश्वव्यापी महामारी फैलिइरहेको कोरोना भाइरस संक्रमण रोक्न विश्वभर खोप अभियान चलिरहेको भए पनि यसको संक्रमणको नयाँ चरण सुरु भएको छ । यसबाट अहिले भारत सबभन्दा बढी आक्रान्त छ । भारत कोरोना संक्रमणको नयाँ हटस्पट बनेको छ ।

बुधबारमात्रै भारतमा १ लाख २६ हजार बढी मानिसमा संक्रमण पुष्टि भएको छ । गत वर्ष कोरोनाभाइरसको पहिलो लहर चल्दा पनि भारतमा एकैदिन यति धेरै मानिस संक्रमित भएका थिएनन् ।

संक्रमणको यो तथ्यांकले भारत कोरोनाभाइरसको संक्रमणमा संसारकै नयाँ हटस्पट बनेको छ । त्यहाँ संक्रमितको संख्यामा हरेक दिन नयाँ रेकर्ड बनिरहेको छ । पछिल्लो एक महिनादेखि भारतमा संक्रमणको दर उकालो लागेको हो । गत मार्च ७ मा भारतभरि जम्मा १८ हजार ५ सय ९९ जनामा संक्रमण देखिएको थियो ।

अघिल्लो साता भारतले दैनिक संक्रमणमा ब्राजिल र अमेरिकालाई पछि पारेको थियो। बुधबार ब्राजिलमा ९० हजार र अमेरिका ७५ हजार मानिसमा कोरोना संक्रमण भएको छ । संक्रमण तीव्र भएसँगै भारतमा सक्रिय संक्रमितको संख्या पनि बढेको छ ।

मृत्यु हुनेको संख्या पनि दिनदिनै बढिरहेको छ। बुधबारमात्रै त्यहाँ ६ सय ८५ जना संक्रमितको मृत्यु भएको छ। यो गत नोभेम्बर ४ यताकै सबैभन्दा धेरै हो । भारतका महाराष्ट्र, गुजरात, राजस्थान, उत्तर प्रदेश, पश्चिम बंगाल, कर्नाटका,मध्य प्रदेश, केरला र बिहार राज्यमा अहिले संक्रमण तीव्र रूपमा फैलिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.