राजनीति

ओली-मोदी टेलिफोन वार्ता : दुई देशको सम्बन्ध उचाईमा पुर्याएको चर्चा

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरी नयाँ वर्ष २०२० को शुभकामना दिनुभएको छ । साथै उहाँले मोदीलाई पुनः नेपाल भ्रमणको निम्तो समेत दिनुभएको छ ।

बुधबार बिहान प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँग टेलिफोन गरी नयाँ वर्ष २०२० को शुभकामना साटासाट गर्दै २०१९ मा दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन सफल रहेको धारणा राख्नुभएको थियो ।

भारतीय प्रधानमन्त्री मोदीसंग टेलिफोन कुराकानी भएको जानकारी प्रधानमन्त्री ओलीले ट्वीट गर्दै दिनुभएको हो । उहाँले ट्वीट गर्दै भन्नुभएको छ “बॉकी समस्याहरू समाधान गर्दै सम्बन्धलाई अझै उचाईमा पुर्याउन सन् २०२० सफल रहनेमा हामीले विश्वास व्यक्त गर्यौं ।”

सम्बन्धित खबर

Back to top button