जन सरोकार
स्मार्ट लाइसेन्स पनि नक्कली : फोटो कन्सर्नका छजना पक्राउ
सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) समयमै उपलब्ध गराउन नसक्दा नक्कली कार्ड बनाउने गिरोह नै सक्रिय रहेको पाइएको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार यातायात कार्यालय सातदोबाटोमा एक सवारीचालकको साथबाट शंकास्पद स्मार्ट लाइसेन्स भेटिएपछि अनुसन्धानका क्रममा नक्कली भएको प्रमाणित भएको थियो ।
स्मार्ट लाइसेन्स नक्कली बनाउने गरेको प्रमाणित भएपछि प्रहरी ६ जनालाई पक्राउ गरेर अनुसन्धान थालेसँगै नक्कली स्मार्ट लाइसेन्स वितरण गर्ने गिरोह सक्रिय रहेको खुलेको हो ।
त्यसपछि सुरू भएको विस्तृत अनुसन्धानका क्रममा न्यूरोडस्थित पुरानो फोटो स्टुडियो फोटो कन्सर्नका ४ जनासहित ६ जनालाई पक्राउ गरिएको महाशाखा स्रोतले बताएको छ ।
प्रतिक्रिया राख्नुहोस्