राजनीति

नेपालको आधिकारिक नक्सा, सुगौली सन्धिको अनुसूची १५ दिनभित्र जवाफ पेश गर्न आदेश (फैसलासहित)

नेपाली भूमि अतिक्रमणका विषयमा परेको रिटमाा सर्वोच्च अदालतले नेपालको आधिकारिक नक्सा, सन् १८१६ को सुगौली सन्धिको अनुसूचीसहितको प्रतिलिपिसहित १५ दिनभित्र जवाफ पेश गर्न सरकारलाई आदेश दिएको छ ।

वरिष्ठ अधिवक्ता विश्वप्रकाश भण्डारीले दायर गरेको रिटमाथि अदालतमा सोमवार सुनुवाइपछि बुधबार न्यायाधीश हरि फुयालको एकल इजलासको लिखित आदेशमा सुगौली सन्धीपछि तयार भएको नेपालको नक्सा उपलब्ध गराउन आदेश दिइएको छ ।

त्यसै गरी रिट निवेदकले उल्लेख गरे अनुसार सन् १८४६ मा लण्डनबाट प्रकाशित भएको भनिएको नेपाल सहितको नक्साको प्रतिसमेत उपलब्ध भए पेश गर्न नापी विभागलाई आदेश दिइएको छ ।

आदेशमा भनिएको छ ‘नेपाल सरकारले सन् १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्य हुँदा तथा अन्य अन्तर्राष्ट्रिय वा क्षेत्रीय संगठनहरुको सदस्य हुँदा सार्वभौम नेपालको अस्तित्व दर्साउने कुनै सन्धि, नक्सा वा दस्तावेज पेश गरेको भए त्यसको प्रतिलिपिहरु लिखित जवाफका अनुसूचीको रुपमा पेश गर्न लगाउनू ।’

नेपालको दार्चुला जिल्लास्थित लिम्पियाधुराको क्षेत्रको प्रश्न समाधान गर्ने अन्य कुनै राष्ट्रिय वा अन्तर्राष्ट्रिय रुपमा उपलब्ध सामागीहरु भए झिकाउनसमेत अदालतको आदेशमा उल्लेख छ ।


प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.