राजनीति

आरआर क्याम्पसमा सांसद भट्टराईको सम्मान

लामो समय आरआर क्याम्पसमा प्राध्यापनमा सक्रिय कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद विद्या भट्टराईलाई आरआर क्याम्पस स्ववियुले सम्मान गरेको छ ।

बुधबार आयोजित एक कार्यक्रमका प्रमुख अतिथि रहनुभएका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भट्टराईलाई सम्मान पत्रबाट सम्मानित गर्नुभयो । स्ववियुले सप्ताहव्यापी रचनात्मक कार्यक्रममा उत्कृष्ट हुनेलाई पनि पुरस्कृत गरेको छ ।

मंसिर १४ गत मंसिरमा सम्पन्न कास्की क्षेत्र नं. २ को उपनिर्वाचनमा भटुटराई निर्वाचित हुनुभएको थियो । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा सांसद भट्टराईका श्रीमान रवीन्द्र अधिकारीको २०७५ फागुनमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि सो क्षेत्रमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उहाँलाई उम्मेदवार बनाएको थियो ।

सानो उमेरदेखि वामपन्थी राजनीतिमा होमिनुभएकी भट्टराई अधिकारीसंग वैवाहिक सम्बन्ध जोडेपछि प्रत्यक्ष र सक्रिय राजनीतिबाट विश्राम लिनुभएको थियो ।

सम्बन्धित खबर

Back to top button